ताजा समाचार

फोहोर राजनितिका बीच स्वास्थ संस्था र शस्त्र प्रहरी क्याम्प

  • असोज १८, २०७९
  • ७४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १८ । सिरहाको गोलबजार नगरपालिकाको वडा नं ६ स्थित पूर्व पश्चिम राजमार्गको समीप उत्तरी छेउमा रहेको शस्त्र प्रहरी बल र स्वास्थ्य संस्था फोहोरी खेलको कारण दुर्गन्धित बन्दै गएको अवस्था रहेको पाईन्छ । आम जनताको स्वास्थ्य सेवाको रुपमा रहेको स्वास्थ्य संस्था अगाडी लामो समयदेखि अगाडी पानी जमेर हिलाम्य भएको छ भने संस्थाको अगाडि थुप्रिएको फोहोरले गर्दा उक्त ठाउँको वातावरण दुर्गन्धित भएका छन् । मुख्य बाटोको अवस्था जीर्ण बनेपछि सेवा ग्राहीलाई आवात जावतमा कठिनाई उत्पन्न भइरहेको छ भने अर्कोतिर शस्त्र प्रहरी बल अगाडी पानी जमेर बाटो पोखरीमा परिणत भएपछि उक्त पोखरीमा जम्मा भएको किटाणुले सेवा ग्राही झन विरामी हुने समस्याले गर्दा स्थानियलाई दुखित तुल्याएको छ । पछिमी छेउमा शस्त्र प्रहरी बल, पूर्वमा स्वास्थ्य संस्था र उत्तरमा रहेको नेपाल प्रहरी लगायतको सबै कार्यालय उच्च जोखिमका बिच उभिए पनि गोलबजार नगरपालिका दर्शक बनिरहेका छन् । स्थानियको गुनासोलाई लिएर वडा नं ६ का वाडा अध्यक्षलाई संपर्ग गर्दा आपसी विवादको कारण उक्त ठाउँमा फोहोर थुप्रिएको अनी जीर्ण भएको बताउनु भएको छ । गोलबजार नगरपालिकाको उक्त ठाउँमा रहेको फोहोरको ब्यबस्थापन सम्बन्धमा सिरहाका प्रमुख जिल्ला अधिकारी ज्युसँग सम्पर्ग गर्दा आफूले यस विषयमा गोलबजारका मेयरसँग कुरा अगाडी बढाउने बताउँनु भयो ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤