फोहोर राजनितिका बीच स्वास्थ संस्था र शस्त्र प्रहरी क्याम्प

  • असोज १८, २०७९
  • ५७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १८ । सिरहाको गोलबजार नगरपालिकाको वडा नं ६ स्थित पूर्व पश्चिम राजमार्गको समीप उत्तरी छेउमा रहेको शस्त्र प्रहरी बल र स्वास्थ्य संस्था फोहोरी खेलको कारण दुर्गन्धित बन्दै गएको अवस्था रहेको पाईन्छ । आम जनताको स्वास्थ्य सेवाको रुपमा रहेको स्वास्थ्य संस्था अगाडी लामो समयदेखि अगाडी पानी जमेर हिलाम्य भएको छ भने संस्थाको अगाडि थुप्रिएको फोहोरले गर्दा उक्त ठाउँको वातावरण दुर्गन्धित भएका छन् । मुख्य बाटोको अवस्था जीर्ण बनेपछि सेवा ग्राहीलाई आवात जावतमा कठिनाई उत्पन्न भइरहेको छ भने अर्कोतिर शस्त्र प्रहरी बल अगाडी पानी जमेर बाटो पोखरीमा परिणत भएपछि उक्त पोखरीमा जम्मा भएको किटाणुले सेवा ग्राही झन विरामी हुने समस्याले गर्दा स्थानियलाई दुखित तुल्याएको छ । पछिमी छेउमा शस्त्र प्रहरी बल, पूर्वमा स्वास्थ्य संस्था र उत्तरमा रहेको नेपाल प्रहरी लगायतको सबै कार्यालय उच्च जोखिमका बिच उभिए पनि गोलबजार नगरपालिका दर्शक बनिरहेका छन् । स्थानियको गुनासोलाई लिएर वडा नं ६ का वाडा अध्यक्षलाई संपर्ग गर्दा आपसी विवादको कारण उक्त ठाउँमा फोहोर थुप्रिएको अनी जीर्ण भएको बताउनु भएको छ । गोलबजार नगरपालिकाको उक्त ठाउँमा रहेको फोहोरको ब्यबस्थापन सम्बन्धमा सिरहाका प्रमुख जिल्ला अधिकारी ज्युसँग सम्पर्ग गर्दा आफूले यस विषयमा गोलबजारका मेयरसँग कुरा अगाडी बढाउने बताउँनु भयो ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

अल्ट्रा अभियानका सञ् ...

रंजित चौरसिया,वीरगंज १० भदौ । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंजका आधिकारिक प्रोपराईटर ...

मकवानपुरमा भारतीय सु ...

ओम प्रकाश यादव लहान भदौ ८ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त ...

जसपा नेपालको भूमि वि ...

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१