Siraha Times
ताजा समाचार

पालिकाद्धारा जेष्ठ नागरिक सम्मानित

  • असोज १६, २०७९
  • १०७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल १६ असोज । सप्तरीको बलान बिहुल गाउँपालिकामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा पालिका भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । उक्त अवसरमा जेष्ठ नागरिकहरुलाई खादा अबिर लगाएर सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा मजेलाल यादव, मुनिलाल यादव, निर्मल यादव, मुसहरु यादव, गुल्ट साह लगायतका रहेका छन् । उक्त अवसरमा नेपालीहरुको महान चाड वडा दशैँ र विजया दशमीको अवसरमा शुभकामना अदानप्रदान समेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता घर-घरमा पुर्याउने घोषणा गरे । केहि समय भित्र पालिकामा एम्बुलेन्स संचालन हुने बताउदै अध्यक्ष यादवले जेष्ठ नागरिकलाई नि:शुल्क सेवा दिने स्पष्ट गरे । असहायहरुका लागी भारतीय राजदुतावासको सहयोगमा बृद्धा आश्रम बनाउन आफु प्रयासरत रहेको समेत बताए ।

जनताको सेवामा समर्पित रहेकोले जनताको कामकाजमा कहिकतै समस्या आए आफुलाई तुरुन्तै जानकारी गराउन उनले आग्रह गरे । बलान बिहुल गाउँपालिका वडा नं. १ को वडा अध्यक्ष राम कुमार यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बौद्धिक समाज जागरण मञ्च मल्हनियाका गंगाराम यादव, पुर्व गाबिस अध्यक्ष छत्र नारायण यादव र पुर्व गाबिस उपाध्यक्ष बद्री नारायण यादवको समेत उपस्थिति रहेको थियो । त्यसैगरि अतिथिको रुपमा वडा नं. २ को वडा अध्यक्ष इद्रदेव यादव, बौद्धिक समाज जागरण मञ्च मल्हनियाका कोषाध्यक्ष दिगम्बर यादव, समाजसेवी गयाप्रसाद साह, जनमत पार्टीको बलान बिहुल संयोजक रामकुमार यादव, लोसपाको नेता दुखी यादव, समाजसेवी अछ्मितलाल चौधरी, रामनगर साना किसानका अध्यक्ष रामचन्द्र यादव, जनमत पार्टीका नेता ईन्द्र देव यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बौद्धिक समाज जागरण मञ्च मल्हनियाको आयोजना तथा बलान बिहुल गाउँपालिकाको सहयोगमा सम्पन्न भएको थियो। कार्यक्रमको उदघोषण जिन्सी शाखा प्रमुख सन्तोष कुमार यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१