Siraha Times
ताजा समाचार

छब्बीस अक्षर अंग्रेजी को - कबिता

  • असोज १४, २०७९
  • ७९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ज्ञानी बाबुको छब्बीस छोरा " ए बी सी डी " देउ पढाइ।

हसाई खेलाइ चित्त बुझाई नानीहरू लाई नगरौं कुटाइ।

सेतो कागजमा निलो मसिले " इ एफ जी एच " देउ सिकाई।

सिधा साधा भाइ जस्तो " आइ " निधारैमा टीका लगाई ।

भ्याइ न भ्याइ हजुर दाइ हातैमा लिइ " जे " जस्तो लौरो ठड्याइ।

ज्ञानी बाबुको छब्बीस छोरा " ए बी सी डी " देउ पढाइ।

गर्छन काम " एल एम एन " ले चलाउछन ठुला स्कुल कलेज।

नगरी काम न पाउने दाम जो संग छैन अंग्रेजी नौलेज।

नाकै न मुखै भकुण्डो जस्तै " ओ " ले घुम्छ शहर भिलेज।

ध्यान लगाउ ज्ञान बढाउ नगरौं नानीहो पाठशाला निषेध।

ज्ञानी बाबुको छब्बीस छोरा " ए बी सी डी " देउ पढाइ।

" पी क्यु आर एस " छ , किताबैमा बस्छ , जस्ले जति मिहिनेत गर्यो उसैको मा पस्छ।

मिहिनेत नगर्नेहरु को जीवन तल्लो स्तरमा खस्छ।

अंग्रेजी को सान छ, कम्प्युटर को ज्ञान छ " टी यु भी " लाई माया गर्नेको छुट्टै पहचान छ।

ज्ञानी बाबुको छब्बीस छोरा " ए बी सी डी " देउ पढाइ।

न बिर्सौ है " डब्लु वाइ जेड " नगरी पेड, स्कुलमा हुदैन एड , कति छ रेट , डिसाइड गर्छ हेड।

छब्बीस छोरा वीर सपूत एक अर्कामा लडदैन।

मेल मिलाप ले शब्द बनाउछ घमण्ड कहिल्यै नि गर्दैन ।

ज्ञानि बाबुको छब्बीस छोरा " ए बी सी डी " देउ पढाइ।

हसाइ खेलाइ ,चित्त बुझाइ , नानीहरू लाई नगरौं कुटाइ।

लेखक : राज कुमार साफी

प्रतिक्रिया दिनुहोस

स्थानीय तहमा सहभागित ...

रासिन्द्र यादव सप्तरी १४ बैशाख । स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश् ...

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

बलान बिहुलमा सडक स्त ...

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१