छब्बीस अक्षर अंग्रेजी को - कबिता

  • असोज १४, २०७९
  • ६७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ज्ञानी बाबुको छब्बीस छोरा " ए बी सी डी " देउ पढाइ।

हसाई खेलाइ चित्त बुझाई नानीहरू लाई नगरौं कुटाइ।

सेतो कागजमा निलो मसिले " इ एफ जी एच " देउ सिकाई।

सिधा साधा भाइ जस्तो " आइ " निधारैमा टीका लगाई ।

भ्याइ न भ्याइ हजुर दाइ हातैमा लिइ " जे " जस्तो लौरो ठड्याइ।

ज्ञानी बाबुको छब्बीस छोरा " ए बी सी डी " देउ पढाइ।

गर्छन काम " एल एम एन " ले चलाउछन ठुला स्कुल कलेज।

नगरी काम न पाउने दाम जो संग छैन अंग्रेजी नौलेज।

नाकै न मुखै भकुण्डो जस्तै " ओ " ले घुम्छ शहर भिलेज।

ध्यान लगाउ ज्ञान बढाउ नगरौं नानीहो पाठशाला निषेध।

ज्ञानी बाबुको छब्बीस छोरा " ए बी सी डी " देउ पढाइ।

" पी क्यु आर एस " छ , किताबैमा बस्छ , जस्ले जति मिहिनेत गर्यो उसैको मा पस्छ।

मिहिनेत नगर्नेहरु को जीवन तल्लो स्तरमा खस्छ।

अंग्रेजी को सान छ, कम्प्युटर को ज्ञान छ " टी यु भी " लाई माया गर्नेको छुट्टै पहचान छ।

ज्ञानी बाबुको छब्बीस छोरा " ए बी सी डी " देउ पढाइ।

न बिर्सौ है " डब्लु वाइ जेड " नगरी पेड, स्कुलमा हुदैन एड , कति छ रेट , डिसाइड गर्छ हेड।

छब्बीस छोरा वीर सपूत एक अर्कामा लडदैन।

मेल मिलाप ले शब्द बनाउछ घमण्ड कहिल्यै नि गर्दैन ।

ज्ञानि बाबुको छब्बीस छोरा " ए बी सी डी " देउ पढाइ।

हसाइ खेलाइ ,चित्त बुझाइ , नानीहरू लाई नगरौं कुटाइ।

लेखक : राज कुमार साफी

प्रतिक्रिया दिनुहोस

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

अल्ट्रा अभियानका नटव ...

रंजित चौरसिया,वीरगंज २९ साउन । अल्ट्रा अभियान डिजिटल वल्र्ड प्रा.लि.का सञ्चालक नटवरलाल दिपेश वर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१