ताजा समाचार

सुकुमबासीको समस्या समाधान गर्ने उपेन्द्र यादबको प्रतिबद्धता

  • असोज १३, २०७९
  • १२८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज १३ । मधेश प्रदेशमा रहेको अव्यवस्थित सुकुमबासीहरुको समस्या समाधानका लागि आफूले सहयोग गर्ने जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले प्रतिबद्धता जनाएका छन् । चुरे वन जंगल संरक्षण तथा भुमिहिन संघर्ष समितिले सञ्चालन गरेको घेराउ कार्यक्रममा यादबले सुकुमबासी समस्याको व्यवस्थापन राज्यको दायित्वभित्र पर्ने हुदा भुमिहिन समस्यामा सरकारलाई ध्यानाकर्षण गराउने आश्वासन दिए । सुकुमबासीको समस्या समाधानका लागि स्थानीय राजनीतिक दलमार्फत केन्द्र र प्रदेशमा जानकारी गराउँदै त्यस क्षेत्रको समुदायको उत्थानका लागि काम गर्न नसकेको चुरे अभियानी सुनिल यादबले बताए । यता समाजिक अभियन्ता सरोज रायले भुमिहिन सुकुमबासीहरुको एजेन्डा जसपा पार्टीको होस र यसलाई कार्यन्वनमा लैजान आग्रह गरे । भुमिहिन सुकुमबासीहरुले बर्षाै देखि आन्दोलन गर्दै आईरहेको र कुनै पनि सरोकारबालाले यस्को समस्या समाधान गर्न नसकेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤