ताजा समाचार

शहिदनगरका मेयर यादव र अधिकृत चौधरीले गरे अदातलको आदेश अवहेलना

  • असोज १३, २०७९
  • १०९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम,असोज १३ गते। धनुषाको शहिदनगर नगरपालिकाका मेयर र अधिकृतले अदालतको आदेशलाई अवहेलना गरी दोस्रो पटक शिक्षक भर्नाको सूचना प्रकाशित गरेको छ । शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहास्थित रहेको जनता इकाइ माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनारायण ठाकुर र अधिकृत सावन चौधरीको हस्ताक्षरित असोज ६ गतेको सूचना निकालेर शिक्षक भर्ना मागेको हो । उच्च अदालत जनकपुरमा परेको उत्प्रेषण मुद्दामा उच्च अदालतले असोज ५ गते नै कार्तिक १ गतेको लागि पेशी तोक्दै यस अवधीभित्र कुनै प्रकारको शिक्षक भर्ना नगर्न अन्तरिम आदेश दिएको हो । अदालतले भदौ १९ गते प्रकाशित गरिएको शिक्षक भर्नाको विज्ञापन अनुसार शिक्षक र कर्मचारीहरुको करार नियुक्ती तथा पदपूर्ति नगर्न नगराउन अन्तरिम आदेश दिएपछि असोज ६ गते मेयर यादवको निर्देशनमा अधिकृत चौधरी र प्रधानाध्यापक ठाकुरले अदालतको आदेशलाई धज्जिया उडाउँदै पुनः शिक्षक भर्नाको विज्ञापन प्रकाशित गरेको हो । शहिदनगर नगरपालिका वडा नम्बर ३ बस्ने कारी खत्वेले असोज ५ गतेमा विद्यालय व्यवस्थापन समितिको नाममा दिएको उत्प्रेषण मुद्दामा अदालतले इमरजेन्सी आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤