Siraha Times
ताजा समाचार

कपिलवस्तु विजयनगर ६ शौचालय निर्माण अभियानमा सय ६४ शौचालय निर्माण

  • असोज १२, २०७९
  • १०८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अशोज १२, २०७९ कपिलवस्तु विजयनगर गाउँपालिकाले पक्की शौचालयको निर्माण गर्दै आफ्ना नागरिकलाई शौचालयको प्रयोगमा निरञ्तरता दिएको छ । खुला दिसामुक्त क्षेत्र घोषणा हुँदा कच्ची (टाटी, छाप्रो) बाट शौचालय निर्माण गरिको थियो । कच्ची शौचालय टिकाउ नभएपछि पालिकाबासीले आफ्नै लगानीमा पक्की शौचालय निमार्ण गर्न नसकेपछि पुनः खुला ठाउँमा दिसा, पिसाब गर्न बाध्य हुने नै भए । गाउँपालिकाले पूर्ण सरसफाइ युक्त क्षेत्रलाई मध्यनजर गर्दै सबैको घरमा ‘पक्की शौचालयको प्रयोग’ अभियानलाई निरञ्तरता दिन सुरु गरेको छ । अन्य पालिकाले पक्की शौचालय निर्माणलाई निरन्तरता नदिएको अवस्थामा विजनयगर गाउँपालिकाले भने योजनाबद्ध रुपमा पक्की शौचालय निर्माण कार्र्यलाई अभियानको रुपमै अघि सारेको छ । गत आर्थिक वर्ष गाउँपालिकाले ५० लाखको लागतमा १ सय ६० ओटा पक्की शौचालय निर्माण गरि सकेको जनाएको छ । यसै पक्की शौचालयको निर्माण अभियान अन्तर्गत गाउँपालिकाले यस आर्थिक वर्ष २०७८÷०७९ मा ५ सय ४ ओटा शौचालय निर्माण गरेको छ । विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले संघीय सरकारको विशेष अनुदान कार्यक्रम अन्तर्गत पक्की शौचालयको निमार्ण गरिएको बताए । गाउँपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको अवस्थामा अनिवार्य सबैले पक्की शौचालयको प्रयोग गर्नुपर्ने बताउँदै शौचालय निर्माणलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

उनले बुधबार गाउँपालिकाको एक टोलीले सबै वडामा निर्माण गरिएका शौचालयको अनुगमन गरिएको बताउँदै घरका सबै सदस्यले शौचालयको प्रयोग गरे विभिन्न, झाडापखाला, हैजा, टाइफाइट जस्ता सरुवा रोग लाग्नबाट बच्न सक्ने भन्दै अध्यक्ष थापाले अनुरोधसमेत गरे । बाहिर दिसा, पिसाब गर्दा सम्भावतः हुने जोखिमबाटसमेत सुरक्षित हुन सक्ने भन्दै शौचालयको प्रयोगमा उनले जोड दिए । उनले आफ्ना नागरिकका लागि पक्की शौचालय निर्माण, शुद्ध खानेपानीको लागि वायोस्याण्ड फिल्टर वितरणलाई निरञ्तरतासमेत दिएको जनाए । शौचालय निर्माणको ठेक्का पाएका सिर्जना अभिशा जेभी कन्ट्रक्शनका सञ्चालक यदुनाथ पाण्डेले २ करोड ८ लाखको लागतमा ५ सय ४ ओटा शौचालय निर्माण गरिएकोे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१