Siraha Times
ताजा समाचार

सुरक्षित खानेपानी समुदायलाई हस्तान्तरण स्थानीयमा खुशीयाली

  • असोज १०, २०७९
  • ७७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल लहान, असोज १० । विगत लामो समयदेखि खानेपानीको समस्या भोगिरहेका धनगढीमाई नगरपालिकाको १३ र १४ नं. वडामा सुरक्षित खानेपानीको व्यवस्थासहित समुदायलाई हस्तान्तरण गरेपछि स्थानीय खुशी भएका छन् । धनगढीमाई नगरपालिका, वडा कार्यालय, युके एड र युनिसेफको सहयोगमा १३ र १४ नं. वडा अन्तर्गत पर्ने गाउँहरुमा गठन गरिएको चार खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिहरुलाई बुधबार एक समारोहबीच हस्तान्तरण गरिएको हो । युनिसेफकी अन्नपुर्ण मिश्र, धनगढीमाईका मेयर शिवशंकर महतो, निवर्तमान मेयर हरिनारायण चौधरी, १३ र १४ नं. का वडाध्यक्षहरु क्रमशः सुर्यमान तामाङ् तथा अमित ठकुरीले सांकेतिक रुपमा एक÷एक गिलास पानी पिएर सुरक्षित खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गर्नुभएको हो । धनगढीमाई १३ भुल्केकी ७८ वर्षीया गंगीमाया तामाङ् भन्नुहुन्छ ‘घरमा खाना पकाउन र पानी ओशार्नको लागी एक जना परिवारको सदस्य खटिनु पर्ने बाध्यता ’ घर घरमा धारा जडान गरिए पछी पानी ओसार्नु पर्ने सास्ती हटेको तामाङ्ले बताउनु भयो । काम गर्न सक्ने उमेरमा गाउँदेखि करिब एक किलोमिटर पुर्व पर्ने सर्रे खोलाको पानी ओसारेर जीविका चलाएको डावर गाउँकी ६० वर्षीया लक्ष्मी के.सी.ले सुनाईन् । ‘राती घरमा पाहुना आएको बेला पानी सकिएको अवस्थामा पानी समेत ऐचोपैंचो नपाउँदा ठूलो समस्या झेल्नु पथ्र्यो’ के.सी.ले भनिन् ‘अहिले घरको आँगनमा जडान गरेको धाराको टुटी खोल्ने बित्तिकै पानी थाप्न पाउँदा विगतमा भोगेको दुःख कथा झैं लाग्छ ।’

धनगढीमाई १३ का वडाध्यक्ष सुर्यमान तामाङ् भन्नुहुन्छ ‘स्थानीय तहको निर्वाचनपछि पहिलो कार्यकालमा वडाका क्षेत्रमा पहिलो खानेपानी र दोस्रोमा सडकलाई प्राथमिकतामा राखेर योजनाबद्ध ढंगले काम गरियो ।’ अहिले घर घरमा धारा जडान भएपछि खोलानाला, कुवाको दुषित पानी प्रयोग गर्नै पर्ने र पानी ओसार्न खोलानालामा धाउनु पर्ने बाध्यता हटेको वडाध्यक्ष तामाङ् बताउनु भयो । हस्तान्तरण गरिएका चार खानेपानी अायोजना मध्ये ठकुरी टोल, यादव टोल र सर्रे अम्बासमा मात्र नगरपालिकाको आठ लाख सात हजार ३१ रुपैयाँ, युनिसेफको ११ लाख ४९ हजार छ सय १५ रुपैयाँ ५० पैसा र स्थानीयको ७३ हजार तीन सय १९ रुपैयाँ ३५ पैसा बराबरको श्रमदान रहेको नगरपालिकाले जनाएको छ । चार वटै ठाउँमा पावरड्रिलमार्फत् मोटरबाट पानी लिफ्ट गरेर ट्याङ्कीमा जम्मा गरी धारामार्फत् घर घरमा वितरण गरिएको छ । त्यसबाहेक १३ नं. कै चुरे क्षेत्रमा पर्ने दुरबिन डाँडा खानेपानी आयोजनाको पम्पिङ् र ग्राभिटी प्रणालीमार्फत् स्थानीय भालुटार, दुरबिन डाँडा, सखुवाचौरी, कुमराहा, जाँतेचौरी गाउँका ८६ घरधुरीका छ सय तीन जनसंख्याका लागि घर घरमा धारा जडान गरी खानेपानी उपलब्ध गराइएको छ ।

वडाध्यक्ष तामाङ्का अनुसार आयोजनामा युनिसेफको २५ लाख, नगरपालिकाको छ लाख १२ हजार ३२ रुपैयाँ नौ पैसा, समुदायको वस्तुगत जनश्रमदान १८ लाख ५९ हजार तीन सय नौ रुपैयाँ ३९ पैसा रकम खर्च भएको छ । धनगढीमाई १३ मा पर्ने यादव टोल, ठकुरीटोल, भुल्के र १४ मा पर्ने सर्रे अम्बास क्षेत्रका तीन सय १९ घरधुरीमा बसोवास गर्ने नौ सय ९० जनसंख्याका लागि हरेक घरमा धारा जडान गरिएको यादव टोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्रीप्रसाद यादव बताउनु हुन्छ । ‘यादव टोलको ३० घरधुरीका एक सय ५३ जनसंख्याका लागि पावरड्रिल गरेर निकालिएको पानी प्लाष्टिक ट्याङ्कीमा जम्मा गरेर बिहान बेलुका पाइपलाइनमार्फत् हरेक घरको धारामार्फत् वितरण गर्छौं’ अध्यक्ष यादवले जानकारी दिनुभयो ।

वडाध्यक्ष तामाङ्का अनुसार चार ठाउँको खानेपानी आयोजनाको संचालन, रेखदेख, मर्मत संभार उपभोक्ता समितिमार्फत् गर्ने व्यवस्था गरिएको छ । ‘खानेपानीको धारा जडानपछि हरेक महिना न्युनतम् शुल्कको रुपमा हरेक घरधुरीबाट एक सय रुपैयाँ र प्रति युनिट चार रुपैयाँको दरले रकम संकलन गरी त्यसबाट नै आयोजना नियमित संचालन गरिएको सर्रेअम्बास खानेपानीका अध्यक्ष पेचबहादुर ज्यु ठकुरीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१