ताजा समाचार

धनुषामा केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने १२ जना पक्राउ

  • असोज ८, २०७९
  • ८१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज ८ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन प्रयास गर्ने १२ जना पक्राउ परेका छन् । अध्यक्ष ओली जनकपुर विमानस्थलबाट बाहिरिने क्रममा उनलाई केही युवाले कालो झण्डा देखाउने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जनकपुर विमानस्थलबाट रेलवे स्टेशन जाने क्रममा कालो झण्डा देखाउने प्रयास गर्दा प्रहरीले उनीहरुलाई सिटी अस्पताल जाने सडकमा रोकेको थियो । नागरिकता विधेयक एमाले अध्यक्ष ओलीकै कारण प्रमाणीकरण नभएको भन्दै उनीहरुले कालो झण्डा देखाउने तयारी गरेका थिए । यसअघि भदौ २७ गते ओली जनकपुरधाम आउँदा पनि प्रहरीले पाँचजना युवालाई कालो झण्डा देखाउने प्रयास गरेका कारण नियन्त्रणमा लिएको थियो । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै मधेशवादी दलहरु पाँच दिनदेखि मधेसका जिल्लाहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रर्दशन गरिरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन ओली जनकपुर पुगेका छन् । यसअघि उनी नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुगेका थिए । १८ दिनपछि उनी पुनः जनकपुर पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤