धनुषामा केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने १२ जना पक्राउ

  • असोज ८, २०७९
  • ६५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज ८ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन प्रयास गर्ने १२ जना पक्राउ परेका छन् । अध्यक्ष ओली जनकपुर विमानस्थलबाट बाहिरिने क्रममा उनलाई केही युवाले कालो झण्डा देखाउने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जनकपुर विमानस्थलबाट रेलवे स्टेशन जाने क्रममा कालो झण्डा देखाउने प्रयास गर्दा प्रहरीले उनीहरुलाई सिटी अस्पताल जाने सडकमा रोकेको थियो । नागरिकता विधेयक एमाले अध्यक्ष ओलीकै कारण प्रमाणीकरण नभएको भन्दै उनीहरुले कालो झण्डा देखाउने तयारी गरेका थिए । यसअघि भदौ २७ गते ओली जनकपुरधाम आउँदा पनि प्रहरीले पाँचजना युवालाई कालो झण्डा देखाउने प्रयास गरेका कारण नियन्त्रणमा लिएको थियो । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै मधेशवादी दलहरु पाँच दिनदेखि मधेसका जिल्लाहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रर्दशन गरिरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन ओली जनकपुर पुगेका छन् । यसअघि उनी नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुगेका थिए । १८ दिनपछि उनी पुनः जनकपुर पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

लक्ष्मीपुर पतारी–६ क ...

लहान, ३० असोज । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर पासवान टोलकी करीब १३ वर्षीया रुमा पासवान यतिबे ...

भगवानपुर गाउँपालिकाल ...

ओम प्रकाश यादव लहान ३१ असोज । सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको नेतृत्वमा रहेको ...

पुरी परिवारहरुको ठगी ...

रंजित चौरसिया वीरगंज ३१ असोज । वीरगंज महानगरपालिका वडा नं. २० टोल हरपतगंज निवासी प्रशान्त कुमार पुरी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१