केपि ओली आउने पुर्व सन्ध्यामा धनुषाको तिनकौरियामा मशाल जुलुस

  • असोज ७, २०७९
  • ६८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, असोज ७ : नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली शनिवार आउने धनुषाको तिनकौरिया बजारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एस सन्युक्त रुपमा मशाल जुलुस प्रदर्शन गरेको छ । हातहातमा मशाल बालेका उनीहरु राष्ट्रपति विद्या देवी भण्डारी विरुद्व नारावाजी गरेका थिए । केपि ओलीको ईशारामा चल्ने राष्ट्रपति विद्या भण्डारी मुर्दावाद सहितका नारा उनीहरुले लगाएका छन् । हातबाट प्रहरीले मशाल खोस्न चाहेपनि केहि वेर तनाव समेत भएको छ । मशाल जुलुसमा माओवादी केन्द्रका प्रदेश र जिल्लाका नेताहरुको बाक्लो उपस्थिती देखिएको छ । शनिवार सोहि बजारमा लोसपाका सचेतक तथा सांसद उमाशंकर अरगरिया सहितकालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष ओली आउन लागेका हुन । मशाल जुलुस प्रदर्शनमा माओवादीका नेताहरु दिपक यादव, पुर्व मेयर उदय बरबरिया,बिदेह नगरपालिकाका प्रत्यासी मेयर राजकिशोर यादव,वाइसीएल केन्द्रिय सचिव तथा मधेस प्रदेश इन्चार्ज अनिल पासवान लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लक्ष्मीपुर पतारी गाउ ...

ओम प्रकाश यादव लहान साउन १० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले विकास र सुशासनका क्ष ...

कृषक पाठशाला सञ्चालन ...

रहमुल लहान, ९ साउन। राष्ट्रिय कृषक समूह महासंघ मधेस प्रदेशको आयोजनामा “कृषक पाठशाला सञ्चालन का ...

खुट्टी खोला सिँचाई न ...

लहान, साउन ७ । लहान नगरपालिका क्षेत्रका हजारौं किसानको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने खुट्टी खोला स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१