Siraha Times
ताजा समाचार

राष्ट्रपतिको कदम विरुद्ध पुनः सडक तताउँछौँः नेता बरबरिया

  • असोज ५, २०७९
  • ८५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाइम्स ,जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका पूर्व मेयर एवम् नेकपा माओवादी केन्द्रका मधेश प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव) ले राष्ट्रपतिको कदम विरुद्ध सडक तताउने बताएका छन् । भोली विहिबार बिहान ११ बजेदेखि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय जनकपुरबाट सुरु हुने राष्ट्रपति विरुद्ध वृहत प्रदर्शन कार्यक्रम राखिएको बताउँदै उनले नागरिकता विद्येयक प्रमाणिकरण नगरेर सँसदको मात्र अपमान नभई संविधानको मर्यादालाई समेत कुल्चेको बताए । राष्ट्रपति विद्या देवी भण्डारीले कुनै पार्टीको ईसारामा संविधानलाई हत्या गर्न खोजेको बताउँदै उनले असंवैधानिक कदम विरुद्ध सडक तताउने चेतावनी दिए । उनले विगतमा पनि विभिन्न असंवैद्यानिक कदम विरुद्ध माओवादी केन्द्रले सडक तताएको भन्दै नागरिकता विद्येयकको लागि नागरिक आन्दोलन गर्ने बताए । “संसदको दुवै सदनबाट दुई पटक पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगर्नु संविधानको ठाडो उलङ्घन भएकोले संविधान विरोधी राष्ट्रपतिको विरोधमा सडक आन्दोलन गर्नेछौँ ।”– उनले भने

प्रतिक्रिया दिनुहोस

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१