नगरका चर्चित व्यक्तित्वहरूलाई सम्मान गर्दै नगर बार्षिक उत्सव

  • असोज २, २०७९
  • १५६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असोज २ । सिराहाको धनगढीमाई नगरपालिकाले सातौँ नगर स्थापना दिवश अर्थात् बार्षिक उत्सव भव्यतपूर्वक मनाएका छन् । नगरको नवनिर्मित भवनको शभा हलमा नगर कार्यपालिका द्धारा आयोजित कार्यक्रममा नगरमा कार्यरत सम्पूर्ण कर्मचारी वर्ग , स्थानिय संघ संस्था , बिभिन्न क्षेत्रमा योगदान पुगाएका उच्च व्यक्तिहरू , जप्रतिनिधि पत्रकार लगायतको सहभागिता र उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमको उद्घाटन नगर प्रमूख शिव शंकर महतोज्यूले पानसमा बत्ती बालेर गर्नुभएको थियो ।

र उपमेयर संगिता चौधरी ज्यूले स्वागत मन्तव्यले उपस्थित सम्पूर्णलाई कार्यक्रममा स्वागत गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन पछि नेपालको राष्टिय गान सहभागी सबैले उठेर गाएका थिए भने तत्कालै पुन ज्ञात अज्ञात वीर सहिद प्रति मौन धारण गर्दै कार्यक्रमको औपचारिकता शुरु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपमेयर संगिता चौधरीले राख्नु भएको थियो भने उक्त कार्यक्रममा बोल्दै मेयर शिवशंकर महतोले " सुन्दर नगर, सभ्य नगर, विकशित नगर, को आकांक्षा लिएर सातौँ नगर स्थापना दिवश मनाउन लागिएको अवशरमा नगरका श्रष्टालाई उच्च मूल्याङ्कन गर्ने " बताउनु हुदै नगरले नगरका सवै शाखामा कार्यरत सम्पूर्ण कर्मचारी वर्ग लाई उच्च मूल्याङ्कन गर्दै नगरको तर्फबाट आवस्यक सम्मान गर्दै कार्यक्रमका क्रममा नगर पालिमामा रहेका उच्च व्यक्तित्वहरू

१) कृषि वैज्ञानिक श्री तारा लामा

२) बरिष्ठ सङ्गितकार श्री भरत लामा

३) स्वास्थ्य क्षेत्रका अनुभवी जन स्वास्थ्य निर्देशक श्री भोगेन्द्र डोटेल

४) अर्थ विश्लेषक श्री अशोक खड्का

५) रसायन शास्त्रका गुरु डा: श्री रामजीवन यादव

६) पहिलो सिटी रिक्सा चालक महिला श्री उषा लामा

७) वातावरण संरक्षक श्री बिन्दा चौधरी

८) कृषि पेशाका गुरु श्री रासलाल चौधरी

९ ) खेल क्षेत्रका स्वर्ण पदक बिजेता अशोक लामा

१०) टेकवान्दो खेल प्रतियोगितामा स्वर्ण पदक विजेता प्राप्त श्री अशोक लामा

११) वुद्ब महिला वचत तथा ऋण सहकारी संस्था लि. को नेतृत्वदायी भूमिकामा रहेका सहकारी संस्था लि. का अध्यक्ष एवंम पुर्व नगर उप प्रमुख श्री फुल कुमारी श्रेष्ठ लगाएत । नगर पालिकाको विकासमा योगदान गरेका र पुर्याइएका सबैलाई सम्मान गर्दै पालिका बिकासको लागि आवस्यक सहयोग र सुझाव अपरिहार्य भएको अवस्थामा सवै क्षेत्रबाट सहयोग आजको आवश्यकता भएको नगरका प्रशासकिय अधिकृत गोपाल प्रसाद बगालेले संक्षिप्त कुराकानीमा बताउनु भएको छ । वाडा न ९ का वौदिक वडा अध्यक्ष प्रकाश योञ्जनले नगरले हरेक जनप्रतिनिधी र कर्मचारी वर्गको सही मूल्यांकन गरेर सम्मान गर्दै नगरले नगरका उच्च व्यक्तिको पहिचान गरेर उदाहरणीय काम गरेको बताउनु भयो । धनगढीमाई नगर पालिकाको आयोजनामा आयोजित कार्यक्रममा कार्यक्रमको सञ्चालन सञ्जय चौधरी र प्रदिप साहले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१