जसपाले पर्सा ३ पाउने पक्कापक्की भएपछि डा. गुप्ताको राजनीतिक सक्रियता तीव्र

  • असोज २, २०७९
  • ९३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा २ असोज जनता समाजवादी पार्टी नेपालबाट पर्सा क्षेत्र नम्बर ३ का लागि प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ सिफरिस नेतृ डा. मधु गुप्ता यतिबेला स्थानीयहरुसँगको भेटघाटको गति बढाएकी छन् राजनीतिक क्षेत्रको सुधारमार्फत आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षित परिवर्तनका लागि चिकित्सा क्षेत्र छोडेर राजनीतिमा प्रवेश गरेकी डा. गुप्ताको राजनीतिक सक्रियतालाई निकै चासोपूर्वक हेरिएको छ । पर्साका अन्य क्षेत्रमा सिट बाँडफाँटमा सत्ता गठबन्धनबीच किचलो भए पनि यो क्षेत्रमा जसपालाई दिनेमा सबै दल सहमत छन् । गठबन्धनमा यो क्षेत्र जसपाले नै पाउने तय भइसकेकाले पनि एकल नाम सिफारिस भएकी डा. गुप्ताले चुनावलक्षित गतिबिधि तीव्र पारेकी हुन् । उनले शनिबार पोखरिया र सखुवाप्रसौनीमा स्थानीय नेता कार्यकर्ता र बासिन्दासँग स्थानीय सरोकारका बारेमा अन्तरक्रिया गरेकी छन् । पोखरिया नगरपालिका वडा नं. ८ जगतपुरमा भेटघाट सम्पन्न भएको छ । त्यस्तै सखुवाप्रसौनी गाउँ पालिका वडा नं. १ मा पनि चुनावी छलफल भएको डा. गुप्ताको सचिवालयले जनाएको छ । पर्सा क्षेत्र नंं. ३ मा जसपालाई कसरी जिताउन सकिन्छ र स्थानीय सरोकारहरुलार्ई राजनीतिमार्फत कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा छलफलहरु केन्द्रित हुँदै आएको सचिवालयले बतायो ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१