ताजा समाचार

जसपाले पर्सा ३ पाउने पक्कापक्की भएपछि डा. गुप्ताको राजनीतिक सक्रियता तीव्र

  • असोज २, २०७९
  • १०२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा २ असोज जनता समाजवादी पार्टी नेपालबाट पर्सा क्षेत्र नम्बर ३ का लागि प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ सिफरिस नेतृ डा. मधु गुप्ता यतिबेला स्थानीयहरुसँगको भेटघाटको गति बढाएकी छन् राजनीतिक क्षेत्रको सुधारमार्फत आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षित परिवर्तनका लागि चिकित्सा क्षेत्र छोडेर राजनीतिमा प्रवेश गरेकी डा. गुप्ताको राजनीतिक सक्रियतालाई निकै चासोपूर्वक हेरिएको छ । पर्साका अन्य क्षेत्रमा सिट बाँडफाँटमा सत्ता गठबन्धनबीच किचलो भए पनि यो क्षेत्रमा जसपालाई दिनेमा सबै दल सहमत छन् । गठबन्धनमा यो क्षेत्र जसपाले नै पाउने तय भइसकेकाले पनि एकल नाम सिफारिस भएकी डा. गुप्ताले चुनावलक्षित गतिबिधि तीव्र पारेकी हुन् । उनले शनिबार पोखरिया र सखुवाप्रसौनीमा स्थानीय नेता कार्यकर्ता र बासिन्दासँग स्थानीय सरोकारका बारेमा अन्तरक्रिया गरेकी छन् । पोखरिया नगरपालिका वडा नं. ८ जगतपुरमा भेटघाट सम्पन्न भएको छ । त्यस्तै सखुवाप्रसौनी गाउँ पालिका वडा नं. १ मा पनि चुनावी छलफल भएको डा. गुप्ताको सचिवालयले जनाएको छ । पर्सा क्षेत्र नंं. ३ मा जसपालाई कसरी जिताउन सकिन्छ र स्थानीय सरोकारहरुलार्ई राजनीतिमार्फत कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा छलफलहरु केन्द्रित हुँदै आएको सचिवालयले बतायो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤