नेता रौनियारको पहलमा पर्साको बहुअर्वाभाठादेखि पोखरियासम्म ४ लेन सडक बन्ने निश्चित, यसै वर्ष निर्माण शुरु हुने

  • असोज १, २०७९
  • ६०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा १ असोज पर्साको बहुअर्वाभाठादेखि पोखरियासम्म करीब ६ किलोमीटर ४ लेन सडक बन्ने भएको छ । पर्सा क्षेत्र नम्बर ३ का सांसद तथा जनता समाजवादी पार्टी नेपालका नेता हरिनारायण रौनियारको पहलमा सो सडक निर्माण हुने भएको हो । सडक विभागअन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयले सडक बनाउन लागेको हो । यो सडकको योजनाका लागि रौनियारले पहल गर्दै आएका थिए । चालू आर्थिक वर्ष २०७९/८० मै सडकको ठेक्का प्रक्रिया पूरा भई निर्माण शुरु हुने बताइएको छ । चालू वर्षकै बजेटका यो सडकका लागि १ अर्ब रुपैयाँको स्रोतसमेत छुट्याइएको सडक विभागले बताएको छ । अहिले सो सडकको स्थलगत सर्वेक्षणको काम भइरहेको पनि हुलाकी कार्यालयले बताएको छ । अहिले २ लेन भनिए पनि ठाउँठाउँमा अतिक्रमणका कारण एक लेनमा सञ्चालित सो सडकका कारण स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको थियो । सडक निर्माण भएपछि पर्साको ग्रामीण क्षेत्रको आवागमन सहज हुने विश्वास स्थानीयको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१