ताजा समाचार

नेता रौनियारको पहलमा पर्साको बहुअर्वाभाठादेखि पोखरियासम्म ४ लेन सडक बन्ने निश्चित, यसै वर्ष निर्माण शुरु हुने

  • असोज १, २०७९
  • ७०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा १ असोज पर्साको बहुअर्वाभाठादेखि पोखरियासम्म करीब ६ किलोमीटर ४ लेन सडक बन्ने भएको छ । पर्सा क्षेत्र नम्बर ३ का सांसद तथा जनता समाजवादी पार्टी नेपालका नेता हरिनारायण रौनियारको पहलमा सो सडक निर्माण हुने भएको हो । सडक विभागअन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयले सडक बनाउन लागेको हो । यो सडकको योजनाका लागि रौनियारले पहल गर्दै आएका थिए । चालू आर्थिक वर्ष २०७९/८० मै सडकको ठेक्का प्रक्रिया पूरा भई निर्माण शुरु हुने बताइएको छ । चालू वर्षकै बजेटका यो सडकका लागि १ अर्ब रुपैयाँको स्रोतसमेत छुट्याइएको सडक विभागले बताएको छ । अहिले सो सडकको स्थलगत सर्वेक्षणको काम भइरहेको पनि हुलाकी कार्यालयले बताएको छ । अहिले २ लेन भनिए पनि ठाउँठाउँमा अतिक्रमणका कारण एक लेनमा सञ्चालित सो सडकका कारण स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको थियो । सडक निर्माण भएपछि पर्साको ग्रामीण क्षेत्रको आवागमन सहज हुने विश्वास स्थानीयको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤