Siraha Times
ताजा समाचार

बहुदरमाई नगरपलिका को ८ औ नगरसभा सम्पन

  • भदौ ३१, २०७९
  • ७८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ३१ भदौ पर्साको बहुदरमाई नगरपालिकाको ८ औ नगरसभा आज सम्पन भएको छ। नेपाल भरिको नगरसभा असाढ १० गते आउनु पर्नेमा साढे ३ महिना ढिलो आएको हो । नगर सभा ढिलो आएपनी बजेट दुरुस्त आएको ले स्थानिय खुशि भएका छन। नगरसभा आर्थिक बर्ष ०७९/८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुतिकरण कार्यक्रम बाट ६७ करोड ७९ लाख ११ हजार ४ सय ३१ रुपैयाँ तिरानबे पैसाको अनुमानित बजेट नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बिदुर प्रसाद उप्रेतीले प्रस्तुतिकरण गर्नु भएकोस थियो। नीति कार्यक्रम तथा प्रस्तुतिकरणमा संघिय सरकार समानिकरण अनुदान १३ करोड ८२ लाख, शशर्त अनुदान २१ करोड ३ लाख,।सम्पुर्क अनुदान १ करोड, राजस्व बाँडफाड ९करोड ३१ लाख ४९ हजार। लगायत प्रदेशको बजेट गरि बजेट प्रस्तुतिकरण पारित गरिको हो बजेटमा शिक्षा, स्वास्थ्य ,कृषि , पर्यटन, भौतिक पुर्वधार बिकास , युवा तथा महिला बालबालिका लगायत योजना हरु राखिएको नगरप्रमुख सिंगासन साह तेली ले जनाएका छन। नगरसभा ढिलो आएपनी तर दुरुस्त अाएको सम्पुर्ण जनता हरु को हित मा योजना समेटिएको मेयर साह ले बताए । नगरसभा नगरप्रमुख सिंगासन साह तेली को अध्यक्षतामा भएको कार्यक्रम मा उपमेयर सुष्मा कुमारी कुशवाहा, प्रमुख प्रसाशकिय अधिकृत बिदुर प्रसाद उप्रेती , वडा अध्यक्ष प्रमोद यादव,जितेन्द्र पटेल,दिनेश यादव , सुरेन्द्र प्रसाद यादव,सुनिल महतो कोईरी,प्रमोद प्रसाद साह,बिरेन्द्र प्रसाद यादव,पुनिलाल साह,रबिन्द्र कुमार गुपत, लगायत पालिका सदस्य,नगरपालिका सदस्य,कर्मचारी ईन्जिनियर बिनेश कु साह, ईश्वरदेव प्रसाद यादव, लेखा उपेन्द्र साह, सह लेखा हरी प्रसाद कुर्मी ,समाजिक बिकास प्रमुख रामबाबु प्रसाद कुर्मी,आईटी औफिसर भास्कर पाण्डे,बिरेन्द्र साह,लगायत स्थानिय हरु को सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१