भत्किएको लाल किल्ला जोगाउन जसपाका जिल्ला कमिटीका दिलिप लामा एमालेमा प्रबेश

  • भदौ ३१, २०७९
  • ५६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । सिरहामा नेकपा एमालेको लाल किल्ला भत्किए संगै पुन: नेकपा एमालेको लाल किल्ला जोगाउन दुई सय भन्दाबढिको संख्यामा सिरहाका युवाहरु एमालेमा प्रबेश गरेका छन । मधेश प्रदेशको सिरहा जिल्लाको धनगगढीमाई नगरपालिका - १४ को दुर्गम क्षेत्रमा पर्ने जहाँ मदन भण्डारीको चौथो महाधिवेशन भएर महासचिव चुनिएको ठाँउ हो । त्यस क्षेत्रमा विकासको धेरै अभाव परेको ठाँउ हो । जसमा जसपाको जिल्ला कमिटीका सदस्य गत बैशाख ३० गते सम्पन्न स्थानिय चुनावमा वडाध्यक्षमा चुनाव लड्नु भएका दिलिप लामा जसपा परित्याग गरी एमालेमा प्रबेश गरेका छन । वहाँले एमालेको भत्किएको लाल किल्लालाई पुनः बचाउन एमाले पार्टी प्रवेश गरेको बताउनु भयो । 

वहाँ एमाले पार्टी प्रवेशपछि स्थानीयहरुको मुहारमा खुशी नै खुशीले हर्षित भएको स्थानीयले जानकारी दिएको छ । वहाँको कारणले नेपाली भएरपनि नेपाली नागरिकताबाट वञ्चित भएकालाई बिगतमा नेपाली नागरिकता दिलाउन ठूलो भूमिका रहेको थियो । साथै वहाँमार्फत धेरै उदाहरणीय कार्य गर्नुभएको स्थानीयले बताउनु भयो । वहाँ जस्तो ब्यक्ति नेकपा एमालेमा प्रबेश गर्नु नेकपा एमालेको लागि गौरवको कुरा रहेको स्थानीयले खुशी हुदै बताए । बिगतमा यस क्षेत्रका स्थानीय अन्धकारमा रुमलिरहेका थिए । अहिले वहाँका कारणले यस क्षेत्रमा विद्युतीयकरण भएको छ । साथै त्यस्ता थुप्रै खालका कार्य गरि स्थानीयहरुको मन जित्न सफल ब्यक्ति भएको कारणले राष्ट्रिय पार्टीमा प्रबेश गर्नुले स्थानीय खुशी रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

लक्ष्मीपुर पतारी गाउ ...

ओम प्रकाश यादव लहान साउन १० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले विकास र सुशासनका क्ष ...

कृषक पाठशाला सञ्चालन ...

रहमुल लहान, ९ साउन। राष्ट्रिय कृषक समूह महासंघ मधेस प्रदेशको आयोजनामा “कृषक पाठशाला सञ्चालन का ...

खुट्टी खोला सिँचाई न ...

लहान, साउन ७ । लहान नगरपालिका क्षेत्रका हजारौं किसानको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने खुट्टी खोला स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१