Siraha Times
ताजा समाचार

धनुषामा एक साँसदले बलात्कारको घटनालाई ११ हजार रुपैयाँमा मिलापत्र गराएको आरोप लगाइएको छ । 

  • पुस २४, २०७५
  • ७८७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहाटाइम्स पुष १४ । धनुषाको मिथिला नगरपालिका वडा नं. २ मा भएको एउटा बलात्कारको घटना प्रदेश नं. २ का एक साँसदले नै दवाव दिएर सोमवार मिलापत्र गराएको घटनाको खुलासा भएको हो । पीडित परिवारलाई धम्क्याएर नेकपा साँसद शत्रुधन महतोले बलात्कारको घटना मिलापत्र गराएको आरोप परिवारजनले लगाएको छ । गत शनिबार त्यहाँकी एक १५ वर्षिय बालिकालाई स्थानीय अशोक भन्ने ज्ञान महरा नाम युवकले फकाएर आफ्नो घर लगेका थिए । बेलुकी ५ बजेतीर ती बालिकालाई महराले आफ्नो घर लगेको जानकारी छ त्यसपछि आफ्न्तले बालिकालाई खोजी गरिरहेका बेला डरका कारण अशोकले बालिकालाई राति करिब १० बजे घर फर्काएका थिए ।

मोवाइल दिएर फकाई अशोकले बालिकालाई घर लगी बलात्कार गरेको पीडित परिवारजनको आरोप छ । पीडित परिवारले बलात्कार गर्ने अशोक विरुद्ध प्रहरीमा उजुरी दर्ता गराउने सुइंको साँसद महतोले पाएपछि पीडित परिवारलाई घटना प्रहरीसम्म नपुर्याउन दबाब तथा धम्की दिन थालेको पनि आरोप छ । साँसद महतोको दबाब तथा धम्कीका कारण पीडितकी आमा छलफल गर्न तयार भइन् । पीडित बालिकाकी बुवा वैदेशिक रोजगारीको क्रममा कतारमा बस्दै आएका छन् । घरमा पुरुष नभएकै कारण पीडितकी आमा डरले घटना मिलापत्र गर्न तयार भएको स्थानीय एक युवकले नाम नखोल्ने शर्तमा बताए । उनका अनुसार सोमवार भएको छलफलमा साँसद महतोले बलात्कार गर्ने युवकबाट ११ हजार जरिबाना गरेर घटना मिलाइएको हो ।साँसद महतोले बलात्कारको घटना नभएर मिलोमतोमै बालिकालाई स्थानीय एक युवकले घर मात्र लगेको कारण मिलापत्र गराएको स्वीकार गरे । उनले सामाजिक परम्परा अनुसार बालिकालाई घर लगी राखेर गल्ती गरेकाले ११ हजार जरिवाना गरिएको बताए । आइन्दा फेरी कहिल्यै गल्ती नगरोस् भनेर मात्र जरिवाना गरेको उनको भनाई छ । तर पीडित परिवार भने उक्त फैसलाबाट असन्तुष्ट छन् ।यता, ईलाका प्रहरी कार्यालय महेन्द्र नगरका प्रहरी निरीक्षक अमिर दाहालले बलात्कारको घटनाबारे उजुरी नपर्दा मिलापत्र गरेको वा नगरेको विषयमा केहि थाहा नपाएको प्रतिक्रिया दिए । उनले बलात्कार भएको हो भने मिलापत्र गराउन नमिल्ने भन्दै घटनाबारे यर्थात बुझेर आरोपीलाई आवश्यक कारबाही गर्ने बताए । उक्त घटनालाई ती युवक र बालिकाको सहमतिमै उनको घर गएकोले बलात्कार भन्न नमिल्ने बताइएको छ । एक स्थानीयका अनुसार गल्ती दुवैले गरेको कारण सजाय हुनुपर्ने माग गरे । तर मन मिलेर बालिका गएकोले सिधै बलात्कारको आरोप लगाउन नमिल्ने बताए । तराई मधेश सहित विभिन्न स्थानमा यस्ता प्रकृतिका घटनाहरु बढिरहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सप्तरीमा पोषणमैत्री ...

रहमुल, लहान ८ वैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकामा पोषणमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान् ...

जिसस प्रमुख महतोको अ ...

ओम प्रकाश यादव लहान, ७ बैशाख । प्लान इन्टरनेशनल नेपालको आयोजनामा पूर्व क्षेत्रीय कार्यालय जनकपुरधाम, ...

सिरहामा महिलाको आत्म ...

रहमुल, लहान ७ वैशाख । सिरहा नगरपालिका वडा नम्बर १५ स्थित सुखचाइनामा स्थानीय महिलाहरूको क्षमता अभिवृद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१