पर्सा क्षेत्र नं. ३ मा जसपाले टिकट पाउने निश्चित –कांग्रेसको १,२,४ मा दाबि

  • भदौ ३०, २०७९
  • ८१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ३० भदौ पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ जनता समाजबादी पार्टीले टिकट गाउने निश्चित भएको छ । सिटबाडफाट गर्न बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले पर्साको क्षेत्र नम्बर १,२, र ४ मा दाबि गरेको हुदा जसपा पर्साले क्षेत्र नम्बर ३ मा टिकट पाउने लगभग निश्चित भएको हो । पाँच दलीय सत्ता गठबन्धनको बसेको बैठकमा सिटबाडफाटको बारेमा सहमति नजुटेको भए पनि कांग्रेसले क्षेत्र नम्बर ३ बाहेक १,२,र ४ मा दाबि गरेकोले क्षेत्र नम्बर ३ मा जसपाके टिकट पाउने निश्चित नै भएको जसपा निकट श्रोतको दावी छ । टिकट पाउने निश्चित भए संगै जसपाबाट प्रतिनिधि सभाकोलागी प्रत्यक्ष सिफारिस हुनुभएकी डा. मधु गुप्ता आफ्नो चुनावी गतिबिधि तिब्रताको साथ बढाउनु भएको छ । उहाले पर्सा क्षेत्र नम्बर ३ को सबै ईलाकामा पुगेर स्थानीय संग राजनीतिक भेटघाटलाई तिब्र पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१