Siraha Times
ताजा समाचार

गुणस्तरिय शिक्षा अभियानमा मेयर शिवशंकर महतो

  • भदौ २९, २०७९
  • ११२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भदाै २९ । नेपालमा बाल दिवसको अवशरमा विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गरिएको थियो । सिरहाको धनगढीमाई नगरपालिकाको शिक्षा शाखाको निर्देशनमा आयोजित नगरस्तरीय माध्यामिक तह हाजिरी जवाफ प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । कूर्वा माविमा आयोजित कार्यक्रममा प्रमूख अथिति नगर प्रमूख शिव शंकर महतो, अथितिहरू संगीता चौधरी, वाडा अध्यक्ष वीरेन्द्र शाह , आर्पी प्रदिप शाह , सहभागि विद्यालयका शिक्षक शिक्षिका लगायतको उपस्थितिमा ५८औं बाल दिवस " बाल मैत्री समाजको आधार जिम्मेवार परिवार , उत्तरदायी सरकार " भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको छ । नेपालमा बाल अधिकार सम्बन्धी हकको व्यवस्था कानुनले गरेको अवस्था रहेकोले कानुन अनुसार बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित गराउन नहुने अवस्थामा नगरबाट सृजनशिल कार्यक्रमको आयोजना गराउनमा मुख्य भूमिका खेल्दै आएका मेयर शिव शंकर महतो एक बाैद्धिक व्यक्तित्वको रूपमा शैक्षिक क्षेत्रका चम्किला व्यक्ति भएकाले हाजिरी जवाफ प्रतियोगिता विद्यालयहरूमा नियमित गराउनु पर्ने धारणा राख्नु भएको थियो । दूरदर्शी मेयरको रूपमा परिचित महतोको शिक्षा प्रति सकारात्मक धारणा रहेको हुनाले नगरका सबै विद्यालयहरूमा आज भब्यताका साथ बाल दिवस मनाइएको छ । कार्यक्रममा सफल भएको विद्यार्थीलाई पुरस्कार सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१