Siraha Times
ताजा समाचार

शिक्षक चौहानको गैरजिम्मेवारीका कारण नेराप्रावि फुलकौलको अवस्था भताभुङ्ग

  • भदौ २९, २०७९
  • ८८६ पटक पढिएको
  • रंजित चौरसिया
alt

उमेश दुबे, वीरगंज २९ भादो । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ७ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय फुलकौल भौराटारका एक जना शिक्षक राजनीतिको आडमा स्कूललाई भताभुङ्ग बनाउन कम्मर कसेर लागेका छन् । उनी हुन सोही स्कूलका स्थायी शिक्षक रामजी प्रसाद चौहान । चौहान गत असार ६ गते देखि स्कूलमा खुट्टा समेत टेकेका छैनन् । शिक्षक चौहानले बिगत लामो समय देखि स्कूल नआउदा विद्यार्थीहरुको पढाई ठप्प नै भएको छ । स्कूलमा जम्मा ४ जना शिक्षक हुनुहुन्छ, तर चौहान करिब ३ महिना देखि स्कूल नआएकोले ३ जना शिक्षकले जेनतेन गरी स्कूल सञ्चालन गर्नु परेको स्कूलका प्रधानाध्यापक नरेश प्रसाद यादव बताउछन् । चौहानले श्रीमतिको उपचार गराउनु पर्ने भन्दै सामान्य निवेदन दिएर बिदा लिई उनी राजनीतिक दलको अधिकांश कार्यक्रमहरुमा सक्रिय सहभागीता जनाउने गरेको स्थानियहरुले नै बताएका छन् । शिक्षक चौहान शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघका बहदुरमाई नगरपालिकाका अध्यक्ष पनि हुन् । जब शिक्षक महासंघका अध्यक्ष नै यसरी गैरजिम्मेवार र लापरवाह भए भने उनले कसरी अरु शिक्षकहरुलाई व्यवस्थापन र सुधार गर्लान शंकाको विषय बनेको छ ।

शिक्षक चौहान राजनीतिक दलको आडमा स्कूलनै नगई तलब मात्र खाने दाउमा रहे पनि उनको तलब कुनै पनि हालतमा निकासा नहुने स्कूलका प्रधानाध्यापक यादवले बताए । सो स्कूलमा राजनीति पसेकोले शिक्षाको अवस्था सुधार हुन नसेको प्रअ यादवले स्किारगर्नु भयो । शिक्षक चौहानलाई बारम्बार विभिन्न माध्यमबाट सम्पर्क गर्न खोजे पनि उनी सम्पर्कमा नआएको बताउदै प्र.अ. यादवले अब उनी विरुद्ध लिखित रुपमै माथिल्लो निकायमा जाने बताए । शिक्षक चौहान गत असार ६ गते देखि नआएकोले उनको हाजिर समेत काटिएको प्रधानाध्यपक यादवले बताए । शिक्षक चौहानको अनुपस्थित बारेमा वडा नं. ७ को कार्यालय, पालिकाको शिक्षा शाखा, प्रमुख प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेती, मेयर, उपमेयरलाई समेत मौखिक रुपमा जानकारी गराई सकेको र अब लिखित रुपमै अगाडि बढने बताए । सो स्कूलमा विद्यालय व्यवस्थापन समिति पनि पूर्ण नरहेको देखिएको छ ।

बिगत २ वर्ष पहिले भएको अभिभावक भेलाबाट निर्मला देवी यादव, धुरेन्द्र पटेल, विनय प्रसाद यादव र रामवती देवी राम गरी ४ जना मात्र चयन भएका हुन् । विद्यालय व्यवस्थापन समिति पूर्ण नरहेकोले विद्यालयको भौतिक पूर्वाधार, पठनपाठन, व्यवस्थापन लगायतमा सुधार हुन नसेको प्र.अ. यादवले बताए । शिक्षक चौहानलाई राजनीति नै गर्नु छ भने पहिला शिक्षकबाट राजीनामा दिनु अनि जे गर्नुछ गर्नुहोला, स्थानियहरुले भने कमसेकम उनी राजीनामा दिए उनको ठाउँमा अर्को शिक्षक त आउनु हुन्थ्यो । यस विषयमा बहुदरमाई नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवसँग बुझदा शिक्षक चौहानको बारेमा आफुलाई मौखिक रुपमा जानकारी आएको छ, लिखित रुपमा जानकारी आए कानुन बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए । यता स्कूलको चौतर्फि विकासको लागि मैले विभिन्न निकाय, वडा र पालिकाबाट सक्दो सहयोग मागी स्कूलको विकासमा लाग्ने प्रतिबद्धता जनाए । त्यसैगरी बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेति सँग बुझदा शिक्षक चौहानले बिना कुनै जानकारी यति लामो बिदा बस्न नमिल्ने र स्कूलबाट लिखित रुपमा जानकारी आए शिक्षा नियमावली अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा रास्व ...

उमेश कुमार साह सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर कार ...

पोषण सुधारका लागि आम ...

ओम प्रकाश यादव लहान, साउन ११। दलित विकास मञ्च (DDF) सिरहाद्वारा सञ्चालित तथा हेलेन केलर इन्टरनेशनलको ...

भ्रष्टाचारको मामिलाम ...

रंजित चौरसिया,वीरगंज ११ साउन । भ्रष्टाचार र राजस्व छलीका आरोप लागेर श्रम तथा यातायात मन्त्रालय मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१