ताजा समाचार

सिराहाको दुर्गम बस्तीमा बिजुली बत्तीको उज्यालो प्रकाश सहित अमित ठकुरी स्थानिय हर्षित

  • भदौ २९, २०७९
  • ९३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै २९ । मधेश प्रदेशको सुगम जिल्लाको दुर्गम ठाउँ सिराहा जिल्लाको अति नै बिकट मानिने धनगढीमाई नगरपालिका वाडा नम्बर १४ को मडायन खोलास्थित बस्तीमा बिजुली बत्ती सुचारु भएको छ । अति दुर्गम मानिएको यस बस्तीमा सबै ठाउँमा बिजुली बत्ती नपुगे पनि गाउँको आधा बस्तीका मानिसहरूको घरमा बिजुलीको उज्यालो प्रकाश आएको छ । बिजुली बत्ती सुचारु भएको खवरले स्थानिय बालबालिका बिजुलीको प्रकाश हेरेर खुशी भएका छन् भने मोबाईल चार्ज गर्नको बाहिर जानुपर्ने समस्या टरेको स्थानियको भनाई रहेको छ । उक्त ठाउँमा बिजुलीको पोल केही बर्ष अगाडि देखि गाडिएको अवस्था रहेको भएता पनि पोल देखेर चित्त बुझाउँदै आएका स्थानियले अब आफनै हातले स्विच थिचेर बिजुली बाल्न पाएका छन् । उक्त दुर्गम क्षेत्र अर्थात् मडयान बस्तीमा वर्षौ देखि गाडिएको पोलको बिस्तार र मर्मतको काम गर्दै ढल्केबर ग्रिड पोइन्ट तथा विद्युत प्राधिकरण लाहान शाखाले विद्युत आपूर्ति सुचारु गरेको अवस्था रहेको देखिन्छ । दुर्गम तथा अन्य विकट मडायन गाउँको लगभग आधा गाउँ बस्तिमा लामो समयको प्रयास पछि नेपाल विधुत प्राधिकारण लहानको सहयोगमा मिति २०७९ साल भाद्र २८ गतेबाट विधुत सुचारु भएको अवस्था रहेको देखिन्छ ।

विद्युत यस ठाउँमा प्रसारण गराउनमा अहोरात्र खट्ने वडा अध्यक्ष अमित ठकुरी यतिबेला विशेष धन्यवादका पात्र बनेका छन् । स्थानिय शिक्षक अशोक मगरले यस कर्यका लागि सहयोग गर्नु हुने सबैमा हृदयदेखी कोटिकोटी नमन गर्दै धन्यबाद व्यक्त गर्नु भएको छ । कम्निस्ट पार्टीको लाल किल्ला भनेर परिचित यस ठाउँमा नेपाली कांग्रेस पार्टीको वाडा अध्यक्ष अमित ठकुरी निर्वाचित भएपछि आफूहरुले बिजुली बत्ती बाल्न पाएको बताएका छन् । यता नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादवले धनगढीमाई १४ को सबै बस्तीमा बिजुली बत्ती पुगाउने आफ्नो याेजना बमोजिम पहल गरिरहेको अवस्था रहेकोले अबको केही समयमै स्थानियले बिजुली बाल्न पाउने कुरामा ढुक्क हुने अवस्था रहेको कुरामा जोड गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤