गुँजनको गुजारा कसरी चल्छ ? घरपरिवारले पनि त्यागे

  • पुस २१, २०७५
  • १६५१ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, २१ पौष । यौवनसँगै आयआर्जनमा लागेकाप्रति घरपरिवार मात्रै होइन्, छरछिमेकी र गाउँ समाजको नजर पनि जोसुकैमाथी आकर्षण हुन्छ । जब उमेर ढल्दै गएर रोगव्याधीले सताएपछि आफ्ना घरपरिवारले पनि त्याग छन् । आज यस्तै अवस्थामा बाँचिरहेका छन् सिरहा नगरपालिका सिरहा ६ बसबिटाका ४४ बर्षीय गुजन यादब । जतिबेला यादव काम गरेर आफ्ना लालाबाला र घरपरिवार चलाउँदा सबैको प्यारो बनेको थियो उनी ।
केही समयदेखि यादव अपांग भएका छन् । नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य देवकुमार यादवका अनुसार जन्मजात अपांग नभएर उनी पछि आएर यस्तो भएको हो । उनको मुखको माथिलो भागमा ट्युमर भएको छ । उपचार गराएपछि निको हुने हो । तर, समान्य आर्थिक अबस्था भएका गुँजनलाई अनुहार देखेर अरु त के आफन्त र घरपरिबारका सदस्य समेत घृणा गर्छन् । उपचार त के ? उनका घरपरिवारले खाना पनि दिदैन् । बुवा आमाले समेत हेला गर्ने भएकोले उनी भिक्षा मागेर जीवन गुजारा गर्छन् । उनको उपचार गर्न सहयोग गरिदिए उनी सपांग हुने निश्चित छ । 
डा. दिलिपकुमार भन्छन् — उनलाई उपचारको लागि पहल गरियो भने रोग निको हुने हो । हामीबाट हुने सहयोग निःशुल्क गर्न तयार छु । तर, उनका घरपरिवार तयार हुनुपर्छ । अनि हामी उपचारमा लाग्छौ । 
स्थानीय बरुण साह भन्छन् — उनी हुनेखाने परिवारका हुन् । उनलाई उपचार नगराए उनका घरपरिवारलाई सामाजिक कारवाही गर्नुपर्छ । 
स्थानीय शिला दिनेश सिँहले आफ्नो फेसबुकमा लेख्छन् — उनलाई उपचार गर्न कति पटक प्रयास गरे । तर, उनका घरपरिवारले मानेका छैन । हामीले निःशुल्क उपचार गराउँन तयार भएपनि उनका परिवारले चासो नदिएकोले उनी जीवनमरणको दोसाध बाँचिरहेका छन् । गुँजनलाई आँपरेशन विधीबाट उपचार गर्ने भएकोले उनका परिवार बाहेक अरुले आफु फस्ने देखिएकोले उपचार गर्न अग्रसर नभएको स्थिति छ । यसको लागि उनका घरपरिवारले नै जिम्मेवारी भएर उपचारतर्फ लाग्नुपर्ने हो ।

प्रतिक्रिया दिनुहोस

सिराहा: पर्सापोखर्भि ...

विसूनदेव सरदार सिराहा / असार १४ गते ।  लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.–२ पर्सा पोखर्भि ...

नवराजपुरको गेरुवाहा ...

ओम प्रकाश यादव, लहान असार १३। सिरहाको नवराजपुर गाउँपालिका वडा न .१ अन्तर्गत गेरुवाहा गाउँमा गाउँपालि ...

पूर्ण खोप सुनिश्चितत ...

लहान , अषाढ़ १३ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता&rdquo ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१