ताजा समाचार

शहिदनगरमा शिक्षक भर्ना गर्न हेडमास्टर र वडाध्यक्षको जालसाजी, शिक्षा इकाइले माग्यो जवाफ

  • भदौ २८, २०७९
  • ११८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा शिक्षक भर्ना गर्न एक विद्यालयको हेडमास्टर र वडाध्यक्षले जालसाजी गरेपछि जवाफ मागिएको छ । शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकुहास्थित रहेको जनता इकाई माविका हेडमास्टर रामनारायण ठाकुर र वडाध्यक्ष मनोज दासले गैर–कानुनी रुपमा शिक्षक भर्ना गर्न खोजेपछि जवाफ मागिएको छ । शिक्षा विकास तथा समन्व ईकाई धनुषाले एक पत्र जारी गर्दै शहिदनगर नगरपालिकाको शिक्षा शाखालाई जवाफ÷राय पेश गर्न पत्राचार गरेको हो । विद्यालयमा शिक्षक भर्ना गर्नको लागि गैर–कानुनी रुपमा हेडमास्टरले वडाध्यक्षकै सहीछाप गराएर भर्ना गर्न खोजेको देखिएको छ । शिक्षा नियमावली विपरित विज्ञापन निकालेको तथा विद्यालयको लेडरप्याडमा वडाध्यक्षको सहि गराएको भन्दै ईकाईले जवाफ माग गरेको छ । यदुकूहास्थित रहेको जनता इकाई प्राविधिक धार विद्यालयमा विभिन्न पदको शिक्षक भर्नाको लागि विज्ञापन निकालिएको थियो । तर, विज्ञापन शिक्षा नियमावली विपरित भएको भन्दै मुद्दा परेको छ । विद्यालयका प्रधानाध्यापकले शिक्षा नियमावली मिचेर शिक्षक भर्नाको लागि कानुन मिचेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले समेत राय पेश गर्न पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤