Siraha Times
ताजा समाचार

स्वर्णिम ईतिहास रच्दै मेयर शिवशंकर महतो

  • भदौ २७, २०७९
  • ९९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै २७ । भूमिहिन सुकुम्बासीहरुलाई जग्गा धनीको पुर्जा वितरण गराएर मधेश प्रदेशको पहिलाे स्थानिय तहको रूपमा धनगढीमाई नगरपालिकाको नाम लेखाउन सफल मेयर शिवशंकर महतो यतिबेला मधेश प्रदेशकै पहिलो मेयर बन्न सफल भएका छन् । धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको आयोजना तथा राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाको सम्वन्यमा धनगढीमाई वडा नं १३ को कैलाशपुर भोर्नेनी स्थित वडा कार्यालय परिसरमा " भूमि प्राप्तिको राष्ट्रिय अभियान " मुल नाराका साथ आयोजित कार्यक्रममा करिब १२० भूमिहीन सुकुम्बासीहरुलाई जग्गा धनी प्रमाणपत्र अर्थात् पुर्जा वितरण गरिएको थियो ।

मेयर शिवशंकर महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमूख अथिति भूमि ब्यबस्था मन्त्री माननीय शशी श्रेष्ठ , अथितीहरुमा राष्ट्रिय भूमि आयोगका केन्द्रिय पदाधिकारीहरु , जिल्ला भूमि आयोगका पदाधिकारीहरू प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख , नेपाली काँग्रेस जिल्ला सभापति रामचन्द्र यादव , उपमेयर संगिता चौधरी,वडा अध्यक्षहरु अमित ठकुरी , सूर्यमान तामाङ , सरोज महतो , प्रकाश योञ्जन , सूर्यनारायण यादव, ओम् यादव , पूर्व मेयर उपमेयर लगायत नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज वनैता , गोर्खा टेलिभिजनका महेश सिंह , टि भी पत्रकार दिलीप सहनी , मनी विश्वकर्मा , रामबाबु यादव , अनुभक्त चौधरी , परीक्षार्थी पत्रकार हेम प्रसाद पासवान , स्थानिय समाजसेवी , राजनीतिकर्मी लगायतको उपस्थितिमा मन्त्री श्रेष्ठले लाल पुर्जा स्थानिय किसानलाई हस्तान्तरण गर्दै वितरणको शुभारम्भ गर्नु भएको थियो । लालपुर्जा वितरणमा धनगढीमाई नगरपालिका मधेश प्रदेशको पहिलो पुर्जा वितरण गर्ने स्थानिय तहको रूपमा नाम लेखाउनमा सफल भूमिका निभाएका मेयर महतो इतिहासको अशल पात्र बन्न सफल भएका छन् ।

आफैले टेकेको , आफैले खनजोत गरेको , आफ्नै ठडिएको घरको जग्गाको स्वामित्व आफ्नो नभएको सुकुम्बासी /भूमिहीनले मालिक बन्ने अवसर प्राप्त गरेको एतिहासिक शुखद दिन सुकुम्बासी /भूमिहीनलाई लालपुर्जा वितरण गर्ने मधेस प्रदेसमै पहिलो स्थानीय तह बन्न सफल धनगढीमाई नगरपालिकाको वडा न १३ बाट लाल पुर्जा वितरण प्रारम्भ भएको छ । धनगढीमाईकाे अन्य वडाहरुको सुकुम्बासी , भूमिहीनले र अव्यवस्थित बसोबासिहरुले पनि चाडै लालपुर्जा प्राप्त गर्ने कुरा वडा नं ९ का बाैद्धिक वडा अध्यक्ष प्रकाश योञ्जनले बताउनु भएको छ । लाल पुर्जा वितरणको महत्वपूर्ण जनहित कार्यको प्रारम्भ देखी पुर्जा वितरण सम्मको कार्यसम्म जोडिन पुग्दा सुखद महसुस भएको वडा नं १३ का वडा अध्यक्ष सूर्यमान तामाङले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै मेयर शिवशंकर महतोले धनगढीमाई को १४ नम्बर वडाको जग्गाको लापुर्जा वितरणको लागि नापजाँच लगायतका कार्यहरूको अन्तिम तयारी भइरहेको अवस्था रहेको हुनाले त्यहाँका जनताको समेत समस्याको समाधान प्रति नगर गम्भीर रहेकोले थोरै प्रतिक्षाको लागि आग्रह गर्नुभएको छ । कार्यक्रममा लालपूर्जा वितरणलाई तार्किक निष्कर्षमा पुगाउन महत्त्वपूर्ण भूमिका खेलेका सबैलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालन नगरका तर्फबाट सञ्जय चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

जब श्रिमान् घरमा किन ...

नविन चौधरी लहान जेष्ठ २७ । अलिकति खेतिपाती, तरकारी बेचेर कमाएको रकमले घरपरिवारको दैनिक जिवनयापन ...

कृष्णनगरबाट कर्तब्य ...

कपिलवस्तु, जेष्ठ २७ । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णानगरले कर्तव्य ज्यान मुद्दाका फर ...

स्थानीयको जनश्रमदान ...

विनोद अविरल,​जेठ २७, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर-१२, कालापानीस्थित ऐतिहासि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१