Siraha Times
ताजा समाचार

सिटी चालकको इमान्दारिता, सुन र रकम घरमै पुर्याईदिए

  • पुस १९, २०७५
  • ७५९ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १८ पौष । लहानका सिटी रिक्सा चालकहरु आफ्नो इमान्दारिताको प्रमाणित गरेको छ । पेसेन्जरको लाखौ रकम र सुनचाँदी समेत घरसम्म पुर्याएर इमान्दारिताको प्रमाणित गरिएको मानव अधिकार सँगठन सिरहाका अध्यक्ष राजकुमार राउत बताउँछन् । राउतले गरिब मजदुरसँग नै इमान्दारिता रहेको छ । अन्यमा त झुठसाच र छलकपट यथावतै नै रहेको बताए । प्रसँग लहान ८ बस्ने स. १ ह. १८२० नम्बरका सिटी चालक हरि मण्डलले पेसेन्जरको १० लाख बराबरको सम्पती उनको घरसम्म पुर्याएर एक सय रुपैयाँ इनाम पाएका छन् ।

काठमाण्डौंबाट लहान ओर्लिएका लहान १० का कैलाश बहादुर राउत र पत्नि शुशिला लहान चौकमा बेलुका चार बजेतीर सिटीमा चढेका थिए । घर आईपुग्दा उनीहरुले आफ्नो सबै मालसमान घर भित्रियाए । तर,चार तौला सुन र नगदगरी दश लाख बराबरको झोला त्यही रिक्शामा छोडिदिए । रिक्शा चालक मण्डल फर्किएर लहान ७ स्थित दुर्गा मन्दिर आइपुगेका थिए । अर्को पेसेन्जरले उनलाई सोधे यो झोला कसको हो । त्यसपछि पेसेन्जर छाडेर सिटी सफारी अटो रिक्शा ईकाई समितिका अध्यक्ष रामचन्द्र महतोको सहयोगमा त्यो सुन र रकम भरिएको झोला राउत दम्पतीको घर पुर्याएर इमान्दारिताको प्रमाणित गरेको छ ।

सुन र रकम हराएर रुवावासी गरिरहेका राउत दम्पती भन्छन् —‘आज पनि इमान्दारिताको जमाना छ ।’ ‘हराएको पौन घण्टामा जस्ताको त्यस्तै आफ्नो झोला पाएको छु ।’ ‘चालकलाई एक सय रुपैयाँ इनाम पनि दिए ।’ यसअघि सिटी सफारी अटो रिक्शा ईकाई समिति लहानकै पहलमा जनकपुरको एक व्यापारीलाई लहान बसाजोरीका सिटी चालक सुनिल मण्डलले दूई लाख रकम फिर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१