ताजा समाचार

साफाको स्थलगत अवलोकन गर्दै मेयर महतो

  • भदौ २४, २०७९
  • ८६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै २४ । सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ४ तथा हाल धनगढीमाई १३ परेवा भीरमा रहेको धार्मिक पर्यटकीय स्थलहरूको स्थलगत अनुगमन र अवलोकन धनगढीमाईको मेयर शिवशङ्कर महतो ज्यूले गर्नू भएको छ । सिराहा जिल्लाको उत्तरी भेकमा अवस्थित परेवा भीरमा हजारौं परेवाहरू रहेका छन् भने यस ठाउँमा प्राकृतिक सौन्दर्यका बीच उभिएका चन्द्रकुण्ठा देवी, सिता दह, हात्ती दह, साफा दुलो लगायतको पर्यटकिय स्थलको मेयर महतोद्वारा अवलोकन गरिएको छ । धार्मिक सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण मानिएको साफा दुलोको आफ्नै महत्व रहेको पाइन्छ । एक पौराणिक विचार अनुशार राजा सलहेसको आगवन यही बाटो भएर हुने गरेको जनविश्वास रहिआएको पाइन्छ । विगतदेखि धार्मिक सांस्कृतिक हिसाबले यस ठाउँमा पूजापाठ गरिदै आएको थियो र विगतका मेयर हरिनारायण चौधरीले अनेकन आश्वासन विकास गर्ने गराउने आश्वासन दिएपनि विकासप्रति कुठाराघाट गर्दै आएका मेयर चौधरीले गर्न नसकेको यस्ता पवित्र धार्मिक सांस्कृतिक स्थलहरूको संरक्षणमा यतिबेला मेयर शिवशंकर महतो अगाडि आएपछि आम स्थानीयमा आशा भरोशा पलाएको छ भने अर्कोतिर यस ठाउँमा पर्यटन विकाश भएको खण्डमा स्थानिय स्तरमा रोजगारीको प्रवल सम्भावना रहेको अवस्था रहेको पाइन्छ । हिउँदमा वर्षेनी जिल्लाका अधिकांश भागबाट पिकनिक खाने कार्यक्रम लगातार वर्षेनी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤