माओवादी केन्द्र कपिलवस्तु ३(ख)बाट प्रत्यक्षमा केशर वलीको नाम सिफारिश

  • भदौ २४, २०७९
  • ११२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु भाद्र २४ नेकपा माओवादी केन्द्रले कपिलवस्तु क्षेत्र ३ का लागि उम्मेदवार सिफारिस गरेको छ । शुक्रवार चन्द्रौटामा बसेको वैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको लागि प्रत्येक्ष तथा समानुपातिकको लागि उम्मेदवार सिफारिस गरिएको छ । कपिलवस्तु क्षेत्र न ३ संघिय सांसदमा मौलाना मशहुद खां नेपालीको एकल नाम सिफारिस भएको छ भने संघमा समानुपातिक तर्फ वाट चिन्ता परियारको नाम सिफारिस भएको छ । वैठकले दुवैजनाको नाम एकल नाम सिफारिस भएको हो । लामो समयदेखि सामाजिक क्षेत्रमा कृयशिल मौलाना मशहुद खां नेपाली कृष्णनगरका लोकप्रिय नेताको रुपमा चिनिन्छन। समाजमा हरेक काममा अग्रसर भएर लाग्ने मौलानाले क्षेत्रको मुहार परिवर्तनको लागि उम्मेदवार बन्न तयार रहेको बताए ।

त्यस्तै समानुपातिकमा सिफारिस चिन्ता परियार पत्रकारिता क्षेत्रमा आवद्ध छन् । लामो समय देखि पत्रकारीता गर्दै आएका परियारलाई पार्टीले अवसर दिएमा क्षेत्रको विकास र नागरिकहरुको जिवन परिवर्तन हुने गरि काम गर्ने प्रतिवद्धता जनाए । क्षेत्र न ३ (क)का लागि प्रत्यक्ष तर्फ एहसान अहमद खान,राजेन्द्र आचार्य र रमेश चन्द्र चौधरीको नाम सिफारिस भएको छ । प्रदेश समानुपातिकमा उमा विक,गगन कामी,सिता बुढाथोकि,कुमारी कुसुम चौधरी,जयप्रकाश कहार, टिका पुन मगरको नाम सिफारिस भएको छ । क्षेत्र न ३ (ख)का लागि प्रत्यक्ष तर्फ चुर बहादुर खड्का,अर्जुन सापकोटा र केशर वलीको नाम सिफारिस भएको छ । प्रदेश समानुपातिकमा सवनम खातुन गितादेवि सुनार र मैयान खानको नामसमानुपातिकमा सिफारिश भएको छl

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा कक्षा १ द ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । शिक्षा क्षेत्रको सुदृढीकरण तथा बालबालिकालाई आफ्नै गाउँ समाज ...

सिरहामा ब्राह्मण–मण् ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । सामाजिक सुधार अब भाषण वा नारामा मात्रै सीमित नरहने संकेत दिने एउ ...

टिपरको ठक्कर बाट किस ...

रहमुल लहान ३१ बैशाख । सिरहाको मिर्चैया नगरपालिका ७ मा विहान टिपरको ठक्कर बाट एक जना वृद्ध किसान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१