Siraha Times
ताजा समाचार

व्यावस्था परिवर्तन गरेको माओवादीले नै अवस्था परिवर्तन गर्न सक्छ ः केन्द्रीय सदस्य यादव

  • भदौ २४, २०७९
  • १२७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा २४ भदौ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिरेन्द्र प्रसाद यादवले देशको अहिलेको अवस्था परिवर्तनका लागि व्यावस्था परिवर्तन गरेको नेकपा माओवादी केन्द्रको नै नेतृत्व गर्नुपर्ने बताउनु भएको छ । पार्टीको पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत जीराभवानी गाउँपालिकाको सुपौलीमा शुक्रबार भएको पालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य यादवले नेपालको व्यावस्था परिवर्तन नेकपा माओवादी केन्द्रले नै गरेको बताउदै अवस्था परिवर्तनका लागि अब माओवादी केन्द्रलाई नै विजयी गराउनुपर्ने बताउनुभयो । उहाँले क्षेत्र नम्बर ४ मा माओवादी पार्टीमा जनलहर बढेको बताउदै आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीलाई पर्सा जिल्लामै पहिलो पार्टी बताउन कार्यकर्ताहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । पार्टीका गाउँपालिका अध्यक्ष रामाकान्त चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य टेक बहादुर शाक्य प्रदेश सदस्य सलाउदिन अहमद, नेताहरु कृष्णमोहन प्रसाद यादव,नेपाल दलित मुक्ति मोर्चा मधेस प्रदेश अध्यक्ष - लवकुश बैठा जिल्ला अध्यक्ष - महेन्द्र राम राजबली यादव, भोला दास थारु, जितेन्द्र प्रसाद, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सन्चालन लहवर रामले गर्नुभएको थियो भने स्वागत मन्तव्य भोला दास थारुले गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१