नेविसंघ बाराले १०९ औं वि.पी. जयन्ती मनायो

  • भदौ २४, २०७९
  • १०१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २४ भदौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति बाराले विभिन्न कार्यक्रमका साथ १०९ औं वि.पी. जयन्ती मनाएको छ । संघ बाराले विपी जयन्तीको अवसरमा शुक्रवार कलैया स्थित अमृता अनाथ आश्रममा आश्रित बालबालिकाहरुलाई फलफुल वितरण गरेको छ । नेपाली कांग्रेस बाराका सचिवद्वय राजेश रौनियार, भैयाराम यादव लगायतका नेता कार्यकर्ताहरुले फलफुल वितरण गरेका थिए । त्यसैगरी नेपाली कांग्रेस बाराको पार्टी कार्यालयबाट विभिन्न नाराहरु सहितको ¥याली नगरपरिक्रमा गर्दै स्व.बि.पी. कोईरालाको शालिकमा पार्टीका सचिवद्वय राजेश रौनियार, भैयाराम यादव लगायतका नेता कार्यकर्ताहरुले माल्यार्णण समेत गरेका थिए । नेविसंघ बाराका अध्यक्ष राकेश पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा नजामुदिन अंसारी, राजेश सिंह, हरिओम साह, प्रविण पटेल लगायतकाले स्व. वि.पी.को योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण विनय राज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१