ताजा समाचार

नेविसंघ बाराले १०९ औं वि.पी. जयन्ती मनायो

  • भदौ २४, २०७९
  • १०९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २४ भदौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति बाराले विभिन्न कार्यक्रमका साथ १०९ औं वि.पी. जयन्ती मनाएको छ । संघ बाराले विपी जयन्तीको अवसरमा शुक्रवार कलैया स्थित अमृता अनाथ आश्रममा आश्रित बालबालिकाहरुलाई फलफुल वितरण गरेको छ । नेपाली कांग्रेस बाराका सचिवद्वय राजेश रौनियार, भैयाराम यादव लगायतका नेता कार्यकर्ताहरुले फलफुल वितरण गरेका थिए । त्यसैगरी नेपाली कांग्रेस बाराको पार्टी कार्यालयबाट विभिन्न नाराहरु सहितको ¥याली नगरपरिक्रमा गर्दै स्व.बि.पी. कोईरालाको शालिकमा पार्टीका सचिवद्वय राजेश रौनियार, भैयाराम यादव लगायतका नेता कार्यकर्ताहरुले माल्यार्णण समेत गरेका थिए । नेविसंघ बाराका अध्यक्ष राकेश पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा नजामुदिन अंसारी, राजेश सिंह, हरिओम साह, प्रविण पटेल लगायतकाले स्व. वि.पी.को योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण विनय राज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤