स्वर्गीय  कोइरालाको १ सय ९ औं जन्म जयन्तीको अवसर पारी लहानमा गरे बृक्षा रोपण

  • भदौ २४, २०७९
  • ६६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २४, भदौ । सिरहाको लहानमा नेपाली राजनीतिका शीर्ष व्यक्तित्व स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको १ सय ९ औं जन्म जयन्ती मनाएका छन् । नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १, प्रदेशसभा (क) र लहान नगर कार्यसमितिकाे संयुक्त आयाेजनामा उनको सम्झना स्वरुप आज लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले जेएस मुरारका बहुमुखी क्याम्पसमा बृक्षारोण कार्यक्रम गरेको थियो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको छ । विसं २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रतिनिधिहरु, विधार्थि, प्राध्यापक, संचारकर्मी लगायतको उपस्तिथि रहेको थियो । धुपी, टिक लगायत विभिन्न प्रजातीका करिब चारसय थान बिरुवा रोपिएको क्याम्पस स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१