Siraha Times
ताजा समाचार

‘विना प्राविधिक शिक्षाले मानिसको जीवन उठ्नै सक्दैन’

  • पुस १२, २०७५
  • १२२८ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १२ पौष । मानिस कर्मचारी बन्न नसकेपछि शिक्षक बन्छन् । शिक्षक बन्न नसकेपछि राजनीतिकतर्फ लाग्छन् । तर, म भन्छु यो २१ औं शताब्दी प्राविधिक शिक्षाको युग हो । यसैले शिक्षामा टप गर्नेलाई प्राविधिक शिक्षामा ल्याएर विश्व मापदण्डमा अगाडि बढ्नुपर्ने प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साहले बताउँनुभयो ।

आज लहानमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्द्वारा आयोजित ३६ औं व्यवस्थापन समिक्षा गोष्ठीमा बोल्दै मन्त्री साहले विना प्राविधिक शिक्षाले मानिसको जीवन उठ्नै सक्दैन । त्यसैले प्राविधिक शिक्षकहरुले पनि आफ्ना समय अनुरुप परिवर्तन ल्याउँनुपर्छ बताउँनुभयो ।मन्त्री साहले प्राविधिक शिक्षालाई के के गरेर अगाडि बढाउँनुपर्छ त्यसको लागि प्रदेश २ सरकार पछाडि नहट्ने मेरो प्रतिबद्धता गर्दै प्रदेश २ कै युवाहरु अधिकत वैदेशिक रोजगारमा रहेकोले उनीहरुलाई उचित शिप दिएर आर्थिक सवलतातर्फ लैजान प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका रहने उहाँले बताउँनुभयो ।

मन्त्री साहले संघीय व्यवस्थाको तीन तहको सरकारमा संघीय विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयका मन्त्रीले शिक्षालाई गृह मन्त्रालयमा थन्क्याएर न्याययोचित कार्य नगरेको आरोप समेत लगाउँनुभयो । उहाँले सिटिईभिटीले यस वर्ष ६ हजार प्राविधिकलाई ट्रेण्ड गर्न लागेको जानकारी गराउँदै प्रदेशको प्राविधिक शिक्षाको व्यवस्था अब प्रदेश सरकारले आफै गर्ने दाबी बताउँनुभयो । मन्त्री साहले आफ्नो प्रदेशको जनताको लागि प्राविधिक शिक्षालाई अगाडि बढाउने विषयमा चिन्तन गर्दै देशकै २६ प्रतिशत जनसंख्या ओगटेको प्रदेशलाई प्राविधिक शिक्षा मात्र दिन सकिए देश तथा विदेशमा राम्रो आर्थिक उन्नति गर्न सकिने बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१