ताजा समाचार

श्यामसरदार सप्तरी क्षेत्रनम्बर १(क)बाट प्रदेशसभाका लागि सिफारिस

  • भदौ २१, २०७९
  • ८६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान / २१ भदौ । यही आउँदो मंसिर ४ गतेहुने प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि हरेक पार्टीले उम्मेदवार छनौट प्रक्रियालाई अघि बढाएको छ। त्ससैलाई मध्यनजर गर्दै लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) बाट मधेश प्रदेश सप्तरी निर्वाचन क्षेत्र नम्बर - १ (क) प्रत्यक्ष तर्फबाट समाजसेवी अगुवा नेता श्री श्याम सरदारको नाम सर्वसम्मतबाट सिफारिस गरिएको छ। राजकुमार चौधरीको अध्यक्षतामा सोमबार बसेको सप्तरीको भरदहस्थित लोसपाको क्षेत्रीय बैठकबाट वहाँको नाम सिफारिस गरिएसँगै प्रतिनिधिसभा प्रत्यक्ष तर्फ १. सत्यनारायण यादव प्रतिनिधि सभा समानुपातिक तर्फ

१. राजकुमार चौध

२. कुलानन्द झा प्रदेशसभा क प्रत्यक्ष तर्फ

१. श्याम सरदार

२. तुलसी थारु प्रदेशसभा क समानुपातिक तर्फ

१. आशा देबि सरदार प्रदेशसभा ख प्रत्यक्ष तर्फ

१. कुमरनाथ मिश्र प्रदेशसभा ख समानुपातिक तर्फ

१. रिना कुमारी यादव

२. श्रीकृष्ण देव रोहिता

३. मन्जु चौधरी

४. जगरनाथ साह

५. सरिता झा

६. साधना बिराजी यादव

नेता सरदारका अनुसार सप्तरीमा लोसपाको जड पहिला देखि नै रहेकाले हाम्रो टिमको जीत सुनिश्चित हुने बताएका छन। योसँगै नेता सरदार नेपाल बाँतर समाज उत्थान केन्द्र सुनसरीका महासचिव , मधेश प्रदेश दलित विकास समिति सदस्य , लोकतान्त्रिक समाजवादी पार्टी केन्द्रीय सदस्य पदमा रही समाजसेवामा मलीन व्यक्तित्वको रुपमा श्याम सरदारलाई चिन्ने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤