Siraha Times
ताजा समाचार

बालकको समस्या राख्न मुख्य मन्त्री कार्यालय पुगे निर्दोषी

  • भदौ २१, २०७९
  • ६९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै २१ । सामाजिक रुपान्तरणका अग्रणी भूमिकामा आफ्ना छुट्टै पहिचान बनाउन सफल उच्च व्यक्तित्व छवि भएका बाैद्धिक व्यक्तित्व हुन् राम निर्दोषी । स्पष्ट वक्ता,मिलनसार ,दूरदर्शी , मृदुभाषी अनि कर्तव्यनिस्ट सामाजिक समस्याको पहिचान अनि समाधानका उपायहरू रोजेर निकाशहरू खोजिरहने व्यक्ति एक दयनिय आर्थिक अवस्थाका बालकको स्वास्थ्य अवस्थाको सुधारमा जुटेका छन् । सिरहाको धनगढीमाई 5 घर भएका एक चार वर्षीय बालक जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल जनकपुर धाममा उपचारार्थ रहँदा बालकको उपचारमा आर्थिक अभाव उत्पन्न भएपछि निर्दोषीले केहि दिन अगाडी आफ्ना सामाजिक सञ्जाल फेसबुकमार्फत सुरज शाह नामको बालक बचाउ अभियानमा जुटेका थिए । सामाजिक सञ्जाल फेसबुकमा सहयोगको लागि उहाले आम नेपाली बुबा,आमा ,दाजु भाई दिदी बहिनीहरूमा अपील गर्नु भएको थियो । सोही बमोजिम निर्दोषीले बालकको बुबा हरेराम शाहको नाममा सिभिल बैंकमा खाता समेत आफैंले खोल्न लगाउनु भएको थियो । बालकको उपचारमा करिब 5 लाख खर्च लाग्ने भएपछि निर्दोषी मधेश प्रदेशको राजधानी जनकपुर पुगेर मुख्य मन्त्री लाल बाबु राउतको कार्यालयका अतिरिक्त निवासमा पुगेर सहयोगको लागि आग्रह गर्नुभएको छ । मुख्य मन्त्रीसंगको भेटमा राउतले बालकलाई सहयोग गर्न तयार रहेको भन्दै कार्यालयका सचिवलाई भेट्न पठाउनु भएको थियो भने मुख्य मन्त्री कार्यालयले निवेदन माग गर्नुभएको थियो । बालकको स्वास्थ्य अवस्था सुधारजनक रहेको छ तर आर्थिक अवस्थाका कारण अस्पतालबाट डिस्चार्ज गरेर घर ल्याउन नसकिरहेको अवस्थामा सबैतिरबाट सहयोग गर्न आग्रह सहित अपील समेत गरिएको छ ।

May be an image of 3 people, people standing and indoor

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१