Siraha Times
ताजा समाचार

चाडपर्व लक्ष्यितगरि आपूर्ति व्यवस्था सहज बनाउन जिल्ला प्रशासन सिरहामा बैठक सम्पन्न

  • भदौ २१, २०७९
  • ९०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/२१ भदौ । आउँदै गरेको चाडपर्वको सन्दर्भमा सिरहा जिल्लामा आपूर्ति व्यवस्था सहज बनाउने सम्बन्धमा निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको अध्यक्षतामा भएको बैठकको यस्तो निर्णयहरु गरेका छन। चाडपर्वको बेलामा खुद्रा तथा थोक पसलहरुले अखाद्य समानमा धेरै मुनाफा लिएर बेचने गरेकोमा प्रत्येक वर्ष झै यस वर्ष पनि गृह मनत्रालय, जिल्ला प्रशासन कार्यालय सिरहाको ध्यानाकर्षण भएको छ। बैठकको निर्णयहरु:-

१. गृह मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन शाखा प.स. योजना ०७९/०८०, च.नं. ८३ मिति २०७९/०५/१७ को पत्रबाट निर्देशन भए बमोजिम जिल्लाभर बस्तु तथा सेवाको आपूर्तिको व्यवस्थापन सहज, सुलभ र पहुँचयोग्य बनाउन उद्योग बाणिज्य संघले आवश्यक पहल गर्ने ।

२. आउँदै गरेको चाडपर्वको सन्दर्भमा बजारमा वस्तुको मूल्यमा विविधता हुने, कालोबजारी हुने, जम्मा खोरी हुने जस्ता सम्भावनालाई मध्यनजर गरी यस्ता गैरकानूनी कार्यहुनबाट रोक्न सम्बन्धित सबै पक्षले सहयोग गर्ने ।

३. पालिकाहरुको नेतृत्वमा हुने बजार अनुगमन वा बाणिज्य कार्यालय वा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा हुने बजार अनुगमनमा उद्योग बाणिज्य संघ, उपभोक्ता अधिकार मंच, नेपाल प्रहरी, पत्रकार महासंघ, नागरिक समाजका अध्यक्ष/सदस्यहरु समेत उपस्थित भई संयुक्त रुपमा बजार अनुगमन गर्ने ।

४. जिल्लास्थित सबै उद्योग बाणिज्य संघले आवश्यक पहल गरी गरीव र निमुखा नागरिकलाई लक्षित गरी खद्यान सम्बन्धी सुपथ मूल्यका पसल संचालन गर्न पहल गर्ने । सुपथ मूल्य लगायतका सबै पसल होटल रेष्टुरेन्टमा मूल्य सूची टाँस गर्न लगाउने ।

५. कोभिड नियन्त्रणमा रहेको र चाडपर्वका सन्दर्भमा मानिसहरुको आवागमन बढ्न जाने भएकोले होटल व्यवसाय वेलुकी (९+१) १०:०० बजेसम्म संचालन गर्ने।

६. व्यवसायमा प्रयोग भै आएको प्रचलनमा रहेको नापतौलका लागि सम्बन्धित निकायमा पत्राचार गरी समय समयमा नविकरणका लागि अनुरोध गर्ने ।

७. सुनचाँदि व्यवसायीको हकमा CCTV क्यामरा जडान गर्न जिल्ला प्रशासन कार्यालय बाट अनिवार्य स्वीकृती लिने र जिल्ला प्रहरी कार्यालयमा जानकारी दिने ।

Open photo

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१