Siraha Times
ताजा समाचार

पर्साको धोबिनी गापा ३३ करोड ७३ लाख ५५ हजार को बजेट प्रस्तुत

  • भदौ २०, २०७९
  • १३७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा २० भदौ पर्साको धोबिनी गाउँ पालिकाले अगामी आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम बजेट प्रस्तुतीकरण सहितको छैठो गाउँ सभा सम्पन्न भएको छ।।नीति तथा कार्यक्रमको प्रस्तुतीकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मन्जु देबी पटेलले ३३ करोड ७३ लाख ५५ हजार ९ सय १९ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको थिए । निति तथा कार्यक्रमको उदघाटन गाउँपालिका अध्यक्ष मदन चौहानले बिधवत रुपमा पानसमा बती बालेर उदघान गर्नु भएको थियो। उदघाटन गर्दै गापा अध्यक्ष चौहानले भने हामीहरु बिकासको पार्टी हु जनताहरु संग गरेको प्रतिबधाता अब हामी हरुले एक जुट भएर बिकासको काममा अगाडि बढाउनमा जोड दिनु भएको हो।निति तथा कार्यक्रममा जनता हरुको अाकान्छा अनुसारको सबै कुरो समेटिएको छ । तर ईमानदारी पुर्वक कार्यनयन गर्न नव निर्वाचित जनप्रतिनिधि हरुलाई अाग्रह समेत गरे।

नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता शिक्षा स्वास्थ्य ,कृषि ,सिचाइ ,लगायत पर्यटन ,र भौतिक पुर्धार बिकास रहेको छ। गाउँपालिकाको बिकास र सर्वसधारण लाई दुख दिने र अटेर गर्ने कर्मचारी हरुलाई कार्वाही समेत गर्ने अध्यक्ष चौहानले बताए । अाउने दिनमा जनसमुदाय र राजनीतिकर्मी हरु संग सलाह सुझाव लिएर अगाडि बढने बताए । धोबिनी गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अनुमानित बजेट अाय तर्सफ समानिकरण अनुदान ९ करोड ५० लाख।सशर्त अनुदान १२ करोड ५७ लाख।राजस्व बाडफाड६ करोड ६२ लाख १ हजार। प्रदेश सरकार बाट समानिकरण अनुदान ६६ लाख २० हजार। राजस्व बाँडफाड ४० लाख विशेष अनुदान ३० लाख। समपुर्क अनुदान २० लाख।अान्तरिकक राजस्व गत अा,ब,को मौजदात,समेत३ करोड ४३ लाख ३४ हजार ९ सय १९ रुपैयाँ रहेको र ब्याय तर्फ अनुमानित बजेट बिनयोजन गरि पारित गरिएको प्रसाशनिक तथा सम्पुर्णचालु प्रकृतिक खर्च ७ करोड८२ हजार ९५ हजार ।

भौतिक पुर्वधार बिकास तर्फ १२ करोड ८३ लाख ६० हजार ९सय १९ रुपैयाँ ।संघिय सशर्त अनुदान १२ करोड ५७ लाख ।प्रदेश विशेष अनुदान ३० लाख।प्रदेश समपुर्क अनुदान २० लाख गरि जमा ३३ करोड ७३ लाख ५५ हजार ९ सय १९ रुपैयाँ को बजेट गाउँ सभा बाट पारित गरि एको हो । गाउँ सभा कार्यक्रम मा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत महम्द नवाज हुसेन स्थानिय समाजसेबी श्यामकिसोर पटेल, ,वडा अध्यक्ष बन्धु साह , देबेन्द्र पटेल ,राजकिसोर प्रसाद कुर्मी ,अबास मियाँ ,मनाउर मियाँ , कार्पालिका सदस्य दिनेश कलवार , नन्दकिसोर साह, लगायत ,कार्पालिका सदस्य,गाउँपालिका सदस्य ,कर्मचारी हरुको सहभागिता रहेको थियोे ।कार्यक्रम संचालन स्वास्थ्य शाखा प्रमुख संजय यादवले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१