सप्तरीको कञ्चनरुमा तीनदिने दलितसमुदायका अगुवाहरुको प्रदेशस्तरीय सम्मेलन सम्पन्न

  • भदौ १९, २०७९
  • ६०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार/ लहान/१९ भदौ । दलित सरोकारमञ्च नेपाल कञ्चनरुप नगरपालिका -८ द्वारा आयोजित ३ दिने कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा दलितका सरोकारका बिषयमा मधेश प्रदेशका विभिन्न पार्टीमा आवद्ध भातृसंगठनका ४ दर्जन दलित अगुवा नेता कार्यकर्ता सहभागितामा प्रदेशस्तरीय सम्मेलन सम्पन्न गरिएको छ। योसँगै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माका अनुसार वास्तवमा दलित भनेको छुवाछूत अपहेलित गरिवीको रेखामुनि भएकालाई दलित भन्ने गरेको बताए । छुवाछूत विभेद उत्पिडन शोसन , दमनजस्ताले दलित मात्रै होइन गैरदलितलाई पनि धक्का पुर्याउने गरेको बताए । त्यसैले समृद्ध सुसभ्यित मानिस बन्न दलित माथिको विभेद अन्त्य हुनुपर्ने जिकिर गरे। त्यसैगरी मधशी आयोगका अध्यक्ष डा. विजय दत्तका अनुसार दलितलाई मस्तनिद्रामा सुत्न उठ्नुपर्ने सडकमा आउनुपर्ने टिप्पणी गरेका छन।

दलितलाई क्रान्ति लडाइँ लड्नुभन्दा शान्तिपूर्ण लडाइँ लडेर अधिकार लिनुपर्छ । अधिकार कसैले दिदैन्न , अधिकार लिन व्यक्ति स्वयंम जागरुक हुनुपर्ने बताउनु भयो । प्रदेश नीति तथा योजना आयोगका प्रमिला सिंहका अनुसार नेपालमा दलितप्रति संवैधानिक निकाय दृष्टिकोण फेरिएको जिकिर गरेकी छिन। लोकसेवा आयोगले पनि दलित कोटामा खुल्लालाई प्रतिष्थापन गरेकोमा खेद व्यक्त गरेकी छिन। भदौ १७, १८, १९ गते ३ दिनसम्म चलेको कार्यक्रममा निम्न अनुसार विषयवस्तुमा अन्तरक्रिया गरिएको छ:-

- दलित सशक्तीकरण ऐन कार्यान्वयनको अगामी कार्ययोजना

- दलित विकास समितिको ५ वर्षीय रणनीतिमा समेटनुपर्ने दलितका सवाल

- मधेशप्रदेश सरकारले निर्माण गरेको र प्रस्तावित ऐनहरुमा दलित अधिकार

- स्थानीयतहको निर्वाचनमा दलितसमुदायका उम्मेदवारले खेप्नुपरेका विभेद

- कोरोनाले दलित समुदायमाथि पारेको असर र प्रभाव :

राजनीतिकदलको धोषणापत्रमा ती मुद्दा सम्बोधनका सवाल

- स्थानीयतहको निर्वाचन २०७९ मा दलित प्रतिनिधित्वको अवस्था र अगामी प्रदेश र संङ्घीय चुनावमा दलित प्रतिनिधित्व सवाल

- दलितसमुदायको थर सुचीकरणमा मधेश प्रदेशमा देखिएका अन्तरविरोध , प्रदेश नीति तथा आयोग र राष्ट्रिय योजना आयोगको प्राथमिकतामा दलित लगायतका मुल विषयवस्तुमा आधारित भई चर्चापरिचर्चा गरिएको बताएको छ।

योसँगै प्रदेश र संघीय संसद निर्वाचनमा राजनीतिक पार्टीले जारी गर्ने धोषणापत्रमा महिला र दलितका लागि राख्नुपर्ने विषयहरु :-

- खाना, आवास र लत्ताकपडा बारे

- शिक्षा क्षेत्रमा राख्नुपर्ने विषय बारे

- स्वास्थ्य क्षेत्रमा राख्नुपर्ने विषय बारे

- रोजगारीका लागि राख्ने विषय बारे

- सशक्तीकरणका लागि राख्ने विषय बारे

- सामाजिक कामकाज बारे

- शान्ति सुरक्षा र मानवअधिकार बारे लगायतका विषयमा यस धोषणापत्रमा समावेश गरिएको मधेश प्रदेश दलित विकास समितिका सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य श्री श्याम सरदारले बताएका छन।

प्रतिक्रिया दिनुहोस

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१