कृष्णनगरमा छाडा चौपाया आतंक, व्यवस्थापन गर्न स्थानीय तहले दिएन चासो

  • भदौ १९, २०७९
  • ८६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रिन्स मिश्रा कपिलवस्तु - कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगंज , डबरा, शिवानगर, कृष्णनगरको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या बन्दै गएको छ । स्थानीय सरकारले छाडा पशु चौपायाको व्यवस्थापन गर्न ठोस कदम चाल्न नसके पछि दिन प्रति दिन सास्ति बन्दै गएको छ ।पशु चौपायाले ठाउँ–ठाउँमा सडक कब्जा गरेपछि सवारी दुर्घटनाको जोखिम ह्वात्तै बढेको छ । स्थानीयले पटपटक आवाज उठाउँदा पनि कृष्णनगर नगरपालिकाले झिनो प्रयास समेत नगर्दा समस्याको समाधान हुन सकेको छैन । छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानियहरुले पटकपटक आवाज उठाउँदा समेत नगर मौन रहेको नगर वासिहरुले आरोप लगाएका छन ।

कानुनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिए त पनि कृष्णनगर नगरपालिकाले कानुलाई वेवास्ता गर्दै छाडा पशु चौपाया व्यवस्थित गर्न स्थानीय सरकार लापरवाह देखिएको छ । छाडा चौपायाले गर्दा सडक जाम हुने, सडक दुर्गन्धित हुने , सथानियहरुको कृषि वालि नष्ट पार्ने घटना नयाँ होइन । अहिले कृष्णनगरका विभिन्न चोक तथा सडकका गल्लीमा छाडा चौपायाको हुल नै देखिन्छ । सडकमा जथाभावी छाडिएका छाडा चौपायाले ट्राफिक आवागमनमा समस्या हुन थालेको छ । नगरपालिकाले छाडा चौपाया नियन्त्रण कृष्णनगर नगरपालिकाले कुनै कदम नचालेको नगरवासिले गुनासो गरेका छन । केहि महिना अगाडि छाडा चौपायाको व्यवस्थापन गर्न जिल्लाका सबै पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र सहितको वैठकले बुद्धभुमी नगरपालिका वडा ९ मा रहेको गब्दहवा स्थानमा १ सय हेक्टर क्षेत्रफलमा तारवार गरेर छाडा चौपायाको व्यवस्थापन गर्ने भन्दै छलफल भएको थिए |

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिका-१३ मा ...

ओम प्रकाश यादव लहान, २५ असार । लहान नगरपालिका-१३ पक्कीटोलमा निर्माण सम्पन्न भएको अस्थायी प्रहरी चौकी ...

बोदेबर्साइनमा औँठा छ ...

 सप्तरी, २२ असार । सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भए ...

सखुवानन्काकट्टी ३ का ...

रहमुल लहान २२ अषाढ । सिरहाको सखुवानन्काकट्टी ३ महदेवा पोर्ताहा माविको शानदार एसईई नतिजा: ८६% विद्यार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१