ताजा समाचार

अध्यक्ष तिवारीद्वारा गाउँपालिका कार्यालयको अनुगमन

  • भदौ १९, २०७९
  • १००२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णा कुशवाहा बिन्दबासिनी । बिन्दबासिनी गाउँ पालिकाका अध्यक्ष प्रमोद तिवारीले वडा नम्बर २ को बहुवर्वा भट्ठा स्थित रहेको गाउँ कार्यपालिका कार्यालयको आज अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा गाउँपालिका बाट हुने कामकाजको अवस्थामा सुधार ल्याउनका लागि पालिकाको सम्पूर्ण कर्मचारीको महत्त्वपूर्ण भुमिका रहने भएकोले सबैले इमानदार भएर जिम्मेवारी पूरा गर्नु पर्ने बताउनु भयो । गाउँपालिकाको बिकासको मुख्य मेरुदण्ड रहेको पालिकामा सुधार हुनु पर्ने बताउँदै सबै कर्मचारीलाई समय मै उपस्थिति भइ आआफ्नो काममा लाग्न आग्रह गर्नुभयो । भोलि देखि सबै कर्मचारीलाई समयमा आउने तथा समयमा नआउने कर्मचारीको हाजिरी काटिने उहाँले बताउनु भयो । आज सबै कर्मचारीलाई गाउँपालिका कार्यालयमा भेला गरी भोलि देखि समयमा आउने तथा नआएका कर्मचारीको हाजिरी १०: १५ बजेमा हाजिरी काटिदिने उहाँले बताउनु भयो । क्षेत्रको चौतर्फी बिकासका लागि विभिन्न कार्यक्रम संचालन गरेकोले समयमा कार्यालय आई सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो । यदि कुनै कर्मचारीलाई पालिकाको कामले ढिलो भएमा वा पालिका आउन नसकेमा पालिकाका प्रमुख अधिकृत अथवा लेखा प्रमुखलाई जानकारी गराई दिनु हुन बताउनु भयो । साथै पालिकाको काम काजले पालिकाको गाउँमा जानु परेमा गाउँपालिकाको लगबुकमा लेखी जान बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤