अध्यक्ष तिवारीद्वारा गाउँपालिका कार्यालयको अनुगमन

  • भदौ १९, २०७९
  • ८५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णा कुशवाहा बिन्दबासिनी । बिन्दबासिनी गाउँ पालिकाका अध्यक्ष प्रमोद तिवारीले वडा नम्बर २ को बहुवर्वा भट्ठा स्थित रहेको गाउँ कार्यपालिका कार्यालयको आज अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा गाउँपालिका बाट हुने कामकाजको अवस्थामा सुधार ल्याउनका लागि पालिकाको सम्पूर्ण कर्मचारीको महत्त्वपूर्ण भुमिका रहने भएकोले सबैले इमानदार भएर जिम्मेवारी पूरा गर्नु पर्ने बताउनु भयो । गाउँपालिकाको बिकासको मुख्य मेरुदण्ड रहेको पालिकामा सुधार हुनु पर्ने बताउँदै सबै कर्मचारीलाई समय मै उपस्थिति भइ आआफ्नो काममा लाग्न आग्रह गर्नुभयो । भोलि देखि सबै कर्मचारीलाई समयमा आउने तथा समयमा नआउने कर्मचारीको हाजिरी काटिने उहाँले बताउनु भयो । आज सबै कर्मचारीलाई गाउँपालिका कार्यालयमा भेला गरी भोलि देखि समयमा आउने तथा नआएका कर्मचारीको हाजिरी १०: १५ बजेमा हाजिरी काटिदिने उहाँले बताउनु भयो । क्षेत्रको चौतर्फी बिकासका लागि विभिन्न कार्यक्रम संचालन गरेकोले समयमा कार्यालय आई सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो । यदि कुनै कर्मचारीलाई पालिकाको कामले ढिलो भएमा वा पालिका आउन नसकेमा पालिकाका प्रमुख अधिकृत अथवा लेखा प्रमुखलाई जानकारी गराई दिनु हुन बताउनु भयो । साथै पालिकाको काम काजले पालिकाको गाउँमा जानु परेमा गाउँपालिकाको लगबुकमा लेखी जान बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१