प्रजनन योग्य महिलाको लागि वजेट

  • भदौ १८, २०७९
  • ११६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै १८ । समाज परिवर्तनको लागि समाजका विकृति,विसंगति अनि सामाजिक समस्याको पहिचान गर्दै समाज रुपान्तरणको भूमिकामा अघि बढ्दै आएका नवलपरासी युवा समाजको “Free Sanitary Pad” अभियानलाई सहयोग गर्ने उद्देश्यका साथ पाल्हीनन्दन गाऊपालिका अग्रस्थानमा आएका छन् । नवलपरासी यूवा समाजको बिशेष कार्यक्रम अन्तर्गत जिल्लालाई स्यानेटरी प्याड निशुल्क जिल्ला बनाउने अभियानमा पालिकाका तर्फबाट सहयोग प्राप्त भएको छ । पाल्हीनन्दन गाऊपालिकाले यस पालिकाका प्रजनन योग्य महिलाहरुको लागी यस वर्ष पुरै निशुल्क(free) sanitary pad दिनको लागी रु. ८ लाख (8,00,000) बजेट विनियोजन गरेको छ । उक्त बजेट प्याङमा खर्च हुने समाजका अध्यक्ष धर्मेन्द्र गिरीले जानकारी दिनुभयो । एक विशेष टेलिफोन संपर्कमा समाजका उपा अध्यक्ष नरेन्द्र मिश्राले जिल्लाका अरु पालिकाहरुले पनी यस अभियानलाई support गर्न आग्रह गर्नु भएको छ । सामाजिक काम कागजमा सीमित नभई ब्यबहारमा लागू गराउन आवस्यक भएको हुनाले आफूहरुले प्याडको लागि बजेट छुट्याएको उक्त पालिकाका उपा अध्यक्ष फतिमा खातुनले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१