Siraha Times
ताजा समाचार

पश्चिम नवलपरासी नेकपा एमाले संघिय निर्वाचन क्षेत्र नं. १ को विस्तारीत बैठक शुक्रवार बर्दघाटमा सम्पन्न

  • भदौ १८, २०७९
  • ९०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवलपरासी / कृष्ण गिरी पश्चिम नवलपरासी नेकपा एमाले संघिय निर्वाचन क्षेत्र नं. १ को विस्तारीत बैठक शुक्रवार बर्दघाटमा सम्पन्न भएको छ । संघिय निर्वाचन क्षेत्र नं. १ का संयोजक गोपाल सिंह आलेको अध्यक्षता र केन्द्रिय सदस्यत तथा जिल्ला ईन्चार्ज सरिता खनालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न् भएको थियो। बैठकले आगामि मंसीरमा हुने संघ र प्रदेशको निर्वाचनका लागि नेकपा एमाले पश्चिम नवलपरासीबाट संघिय निर्वाचन क्षेत्र नं. १ अन्र्तगतका उमेदवारहरुको टुङ्गो लागेको छ । शुक्रवार बर्दघाटको दाउन्ने पार्टी प्यालेसमा भएको संघिय निर्वाचन क्षेत्र नं. १ को विस्तारीत बैठकले प्रदेशका लागि निर्वाचन क्षेत्र नं. १ (क) वाट पुण्य प्रसाद पौडेल,सिन्धु जलेसा,राम बहादुर भण्डारी,एकदेव पाण्डे र टुक प्रसाद बस्यालको नाम सिफारीस गरेको छ भने निर्वाचन क्षेत्र नं. १ (ख) वाट राम प्रसाद अर्याल र दिपकराज शर्मा भट्टको नाम सिफारीस गरेको जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताउनुभयो । त्यसैगरी सोही बैठकले निर्वाचन क्षेत्र नं. १ को संघिय निर्वाचनका लागि पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी र राम लखन हरिजनको नाम सिफारीस गरेको संघिय निर्वाचन क्षेत्र नं. १ का संयोजक गोपाल सिंह आलेले जानकारी दिनु भएको छ । संघिय निर्वाचन क्षेत्र नं. १ का ईन्चार्ज ईन्द्र गुरुङ्गको स्वागतबाट शुरु भएके बैठकमा पार्टीका केन्द्रिय सल्लाहकार परिषद् खिमलाल पोखरेल,जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी ,प्रदेश कमिटिका सचिवालय सदस्य तुलसी पासी,केन्द्रिय प्रतिनिधि परिषद सदस्य बद्री खनाल लगाएका नेताहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा राष्ट्रिय कलाकार राम श्रेष्ठ को उपस्थित रहेको थियो । कार्यक्रमलाई अझ आकर्षक बनाउन वहाँले आफ्नो साङ्गेतिक प्रस्तुति पनि दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१