राजनीतिक यात्रामा रामचन्द्र यादव

  • भदौ १८, २०७९
  • १२६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै १८ । नेपाली राजनीतिक इतिहासमा सिरहाको ग्रामीण बस्तीबाट उदाएका व्यक्तित्व हुन् रामचन्द्र यादव । राजनीतिक वृत्तमा सिरहामा चर्चित नाम लिनुपर्दा नेतृत्व क्षमता भएका आम जनताका नेता हुन यादव । नेपाली कांग्रेस पार्टिका जिल्ला सभापति समेत रहेका यादवले बिहान उठे देखि राती अबेरसम्म जनताको सेवामा निर्वाचन अघि पछि डटेर लागिरहेका छन् । उनका निवासमा स्थानिय समस्याको अतिरिक्त आम जनताका हरेक किसिमका समस्यालाई लिएर जानेको घुइँचो बारम्बार देख्न सकिन्छ । एक सामान्य कुराकानीमा यादव भन्नुहुन्छ " मेरो काम जनताको समस्यालाई समाधान गर्नु गराउनु हो , मैले यो पार्टी त्यो पार्टी भन्दिन , मसँग समस्यालाई लिएर आएको खण्डमा २४ घण्टा जनताको काम गर्ने " बताउनु भएको छ ।

राजनीतिक क्षितिजमा लामो इतिहास बोकेका यादव साहासिक नेताको रूपमा परिचित छन् । जिल्लाका अधिकांश आफ्ना पार्टी भन्दा बाहिरका नेता कार्यकर्ताले हरेक किसिमका समस्यालाई समाधान उपाय खोज्न उनको निवासमा पुग्ने गरेको अवस्था रहेको पाइन्छ । सिरहाका राजनीतिक चतुर क्षमताबान र उच्च सोचाई भएका नेता यादवले जनताको गुनासो सहज तरिकाले सुनिरहेका हुन्छन् । एक कलमा फोन उठाउने यादवलाई जिल्लाका कुनै पनि भागबाट फोन आउँदा सहज तरिकाले फोन उठाइ गुनासो सुन्दै समाधानको उपाय खोज्ने यादवलाई सरकारले घोषणा गरेको निर्वाचनमा आम सिराहा बासीले आफ्ना प्रतिनिधि बनाउनमा ढुक्क भएका छन् । रामचन्द्र यादव सिराहा जिल्लाकै चर्चित नेताको रूपमा परिचित रहेको सर्वविदित रहेकाे देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१