ताजा समाचार

राजनीतिक यात्रामा रामचन्द्र यादव

  • भदौ १८, २०७९
  • १३९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै १८ । नेपाली राजनीतिक इतिहासमा सिरहाको ग्रामीण बस्तीबाट उदाएका व्यक्तित्व हुन् रामचन्द्र यादव । राजनीतिक वृत्तमा सिरहामा चर्चित नाम लिनुपर्दा नेतृत्व क्षमता भएका आम जनताका नेता हुन यादव । नेपाली कांग्रेस पार्टिका जिल्ला सभापति समेत रहेका यादवले बिहान उठे देखि राती अबेरसम्म जनताको सेवामा निर्वाचन अघि पछि डटेर लागिरहेका छन् । उनका निवासमा स्थानिय समस्याको अतिरिक्त आम जनताका हरेक किसिमका समस्यालाई लिएर जानेको घुइँचो बारम्बार देख्न सकिन्छ । एक सामान्य कुराकानीमा यादव भन्नुहुन्छ " मेरो काम जनताको समस्यालाई समाधान गर्नु गराउनु हो , मैले यो पार्टी त्यो पार्टी भन्दिन , मसँग समस्यालाई लिएर आएको खण्डमा २४ घण्टा जनताको काम गर्ने " बताउनु भएको छ ।

राजनीतिक क्षितिजमा लामो इतिहास बोकेका यादव साहासिक नेताको रूपमा परिचित छन् । जिल्लाका अधिकांश आफ्ना पार्टी भन्दा बाहिरका नेता कार्यकर्ताले हरेक किसिमका समस्यालाई समाधान उपाय खोज्न उनको निवासमा पुग्ने गरेको अवस्था रहेको पाइन्छ । सिरहाका राजनीतिक चतुर क्षमताबान र उच्च सोचाई भएका नेता यादवले जनताको गुनासो सहज तरिकाले सुनिरहेका हुन्छन् । एक कलमा फोन उठाउने यादवलाई जिल्लाका कुनै पनि भागबाट फोन आउँदा सहज तरिकाले फोन उठाइ गुनासो सुन्दै समाधानको उपाय खोज्ने यादवलाई सरकारले घोषणा गरेको निर्वाचनमा आम सिराहा बासीले आफ्ना प्रतिनिधि बनाउनमा ढुक्क भएका छन् । रामचन्द्र यादव सिराहा जिल्लाकै चर्चित नेताको रूपमा परिचित रहेको सर्वविदित रहेकाे देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤