ताजा समाचार

कपिलवस्तु ३ मा कांग्रेसबाट शाहसहितका नेताहरूको नाम ,प्रदेश समानुपातिकमा मुस्लिम तर्फ खांको नाम सिफारिश

  • भदौ १७, २०७९
  • ८४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, भाद्र १७ नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ ले प्रतिनिधि सभातर्फ अभिषेकप्रताप शाहको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ । मंगलबार क्षेत्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्य शाहको नाम क्षेत्र नं. ३ मा प्रतिनिधि सभातर्फ सर्वसम्मत सिफारिस गरेको हो । नेता शाह सो क्षेत्रबाट अहिले पनि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् । उनी पटक–पटक निर्वाचित भइसकेका छन् । त्यसैगरी कांग्रेसले कपिलवस्तु क्षेत्र नं. ३ ‘क’मा प्रत्यक्ष प्रदेशतर्फ अकिल मियाँ, जमशेद मियाँ लाई सिफारिस गरेको छ । प्रदेशतर्फ ‘ख’ प्रत्यक्षमा नेता वीरेन्द्र कनौडिया सिफारिस भएका छन् । कनौडिया ‘ख’बाट एकल रुपमा सिफारिस भएका छन् । ‘ख’बाट कनौडिया अहिले पनि प्रतिनिधित्व गर्छन् । त्यस्तै कपिलवस्तु क्षेत्र नं ३( ख) बाट समानुपातिकमा मुस्लिम तर्फ प्रदेश सभा सदस्य ( विधायक) मा किफाय तुल्लाह खां को नाम सहित अन्यको नाम समानुपातिक तर्फ सिफारिश गरिएको छ l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤