कपिलवस्तु ३ मा कांग्रेसबाट शाहसहितका नेताहरूको नाम ,प्रदेश समानुपातिकमा मुस्लिम तर्फ खांको नाम सिफारिश

  • भदौ १७, २०७९
  • ७०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, भाद्र १७ नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ ले प्रतिनिधि सभातर्फ अभिषेकप्रताप शाहको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ । मंगलबार क्षेत्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्य शाहको नाम क्षेत्र नं. ३ मा प्रतिनिधि सभातर्फ सर्वसम्मत सिफारिस गरेको हो । नेता शाह सो क्षेत्रबाट अहिले पनि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् । उनी पटक–पटक निर्वाचित भइसकेका छन् । त्यसैगरी कांग्रेसले कपिलवस्तु क्षेत्र नं. ३ ‘क’मा प्रत्यक्ष प्रदेशतर्फ अकिल मियाँ, जमशेद मियाँ लाई सिफारिस गरेको छ । प्रदेशतर्फ ‘ख’ प्रत्यक्षमा नेता वीरेन्द्र कनौडिया सिफारिस भएका छन् । कनौडिया ‘ख’बाट एकल रुपमा सिफारिस भएका छन् । ‘ख’बाट कनौडिया अहिले पनि प्रतिनिधित्व गर्छन् । त्यस्तै कपिलवस्तु क्षेत्र नं ३( ख) बाट समानुपातिकमा मुस्लिम तर्फ प्रदेश सभा सदस्य ( विधायक) मा किफाय तुल्लाह खां को नाम सहित अन्यको नाम समानुपातिक तर्फ सिफारिश गरिएको छ l

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

पूर्व स्ववियु सभापति ...

लहान, कात्तिक ८ । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानका पूर्व स्ववियु सभापति रामकृष्ण यादवको पहलमा ...

भव्य र सभ्य तरिकाले ...

अजय मिश्र, कपिलवस्तु , कार्तिक ८। कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा लक्ष्मी पूजाको आवसरमा स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१