ताजा समाचार

विभिन्न पार्टी परित्याग गरी सयौँले गरे जसपामा प्रवेश

  • भदौ १७, २०७९
  • ८६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजविराज, १७ भाद्र । सप्तरीको महादेवा गाउँपालिकामा शुक्रबार विभिन्न पार्टी परित्याग गरी सयौँ नेताकार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छ्न । महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष दीपक कुमार यादवको नेतृत्वमा काँग्रेस, एमाले, माओवादी, लोसपा लगायतका विभिन्न पार्टी परित्याग गरि सयौँ नेताकार्यकर्ता जसपामा प्रवेश गरेका हुन । जसपा महादेवा गाउँपालिका द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशी नेताकार्यकर्तालाई पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले माला, टिका लगाएर पार्टी प्रवेश गराए । जसपा महादेवा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का सांसद उपेन्द्र यादव, केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) का सांसद मनिष कुमार सुमन, पार्टीका केन्द्रिय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा. सूर्य नारायण यादव, पार्टीका राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, मधेश प्रदेश सांसद नेत्रविक्रम साह, राजनीतिक समिति सदस्य अमरनाथ मण्डल, शिव बहादुर बस्नेत, केन्द्रिय सदस्य अशोक यादव, केन्द्रिय सदस्य विकास तिवारी, दिल कुमारी चौधरी, सविता यादव, गीता यादव, मधेस प्रदेशका मुख्य सचिव दिनेश कुमार यादव लगायतको  उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤