विभिन्न पार्टी परित्याग गरी सयौँले गरे जसपामा प्रवेश

  • भदौ १७, २०७९
  • ७८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजविराज, १७ भाद्र । सप्तरीको महादेवा गाउँपालिकामा शुक्रबार विभिन्न पार्टी परित्याग गरी सयौँ नेताकार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छ्न । महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष दीपक कुमार यादवको नेतृत्वमा काँग्रेस, एमाले, माओवादी, लोसपा लगायतका विभिन्न पार्टी परित्याग गरि सयौँ नेताकार्यकर्ता जसपामा प्रवेश गरेका हुन । जसपा महादेवा गाउँपालिका द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशी नेताकार्यकर्तालाई पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले माला, टिका लगाएर पार्टी प्रवेश गराए । जसपा महादेवा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का सांसद उपेन्द्र यादव, केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) का सांसद मनिष कुमार सुमन, पार्टीका केन्द्रिय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा. सूर्य नारायण यादव, पार्टीका राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, मधेश प्रदेश सांसद नेत्रविक्रम साह, राजनीतिक समिति सदस्य अमरनाथ मण्डल, शिव बहादुर बस्नेत, केन्द्रिय सदस्य अशोक यादव, केन्द्रिय सदस्य विकास तिवारी, दिल कुमारी चौधरी, सविता यादव, गीता यादव, मधेस प्रदेशका मुख्य सचिव दिनेश कुमार यादव लगायतको  उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१