धनगढीमाई नगरपालिकाको अधिकांश भाग डुवानमा

वर्षाको पानीले क्षती सडकमा आवात जावतमा कठिनाई

  • भदौ १६, २०७९
  • ७४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै १६ । सिराहाको धनगढीमाई नगरपालिकाका बजार लगायत अधिकांश भागमा वर्षाको पानीले आवात जावतमा कठिनाई उत्पन्न गराएको छ । स्थानिय धनगढी बजारको विश्वकर्मा चोक क्षेत्र र नैनपुर अस्पतालको परिसरमा पानी जमेपछि दिनभरि आवात जावतमा कठिनाई उत्पन्न भएको थियो । नगरका मेयर शिवशंकर महतोको कार्यालय अगाडि समेत पानीले गर्दा बाटो हिलाम्य भएपछि दिनभरि आम स्थानिय हिलोमा हिँड्न बाध्य भएका हुन् । पालिकाको नवनिर्मित भवनको परिसरमा पानीको दह बनेको अवस्था छ भने अर्कोतिर नैनपुर अस्पताल परिसरको मुख्य गेटमा पानीको निकास नहुँदा घुँडा सम्मको पानी जमेको थियो । बिरामीहरुको चाप अस्पतालमा बढेको दिनमा मुख्य गेटमा पानी जमेपछि बिरामीलाई सास्ती भएको हाे । नैनपुर अस्पताल परिसरमा वडा नं ९ को कार्यालय , शिक्षा शाखा , ,स्वास्थ्य शाखा , महिला तथा बालबालिका कार्यालय , उपमेयरको कार्यालय लगायतका प्रसासनीक कार्यालय रहेको ठाउँमा पटक पटक पानी जमेर स्थानियले सास्ती भोग्दा समेत पानी निकासको उचित ब्यबस्थापन नहुनु चिन्ताको विषय बनेको अवस्था रहेको देखिन्छ ।

वर्षाको पानीले क्षती सडकमा आवात जावतमा कठिनाई

गए रातिको वर्षाको पानीले गर्दा धनगढीमाई नगरपालिकाको अधिकांश सडकमा आवात जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्था रहेकाे पाइन्छ । धनगढीमाईको वडा नं. ५ र ६ को बाटोहरु भत्किएर स्थानियलाई सास्ती भएका छन् भने पूर्व मेयर हरि नारायण चौधरीको घर पनि ५ न. वडा मा रहेकाे पूर्व मेयरले आफ्नो कार्यकालमा उत्तर दक्षिण अर्थात् जिरोमाइल वारियरपट्टि सडकदेखि आफ्नो घरसम्म पुग्नको लागि कालो पत्रे सडक निर्माण गरेर आफूलाई आवत जावतमा सहज बनाए पनि अन्य लाई भने सास्ती कायमै रहेको देखिन्छ ।

बाटोमा बर्सेनि सास्ती निकाय मौन

रातिको वर्षाले गर्दा सिरहाका अधिकांश भागमा आवात जावत प्रभावित भएको छ । वर्षेनी सडक विस्तार र मर्मतको लागि करोडौँ रकम निकाशा गरेर आम जनताको मुख्य आवस्यकताकाे रूपमा रहेको सडकमा बालुवा पस्केर आँखामा धुलो हाल्ने कामको ज्वलन्त उदाहरण बनेको छ , सिरहा जिल्लाको आदर्स नमुना बिष्णुपुर गाउँपालिका वडा नम्बर १ कालाबन्जर । उक्त ठाउँमा बर्षेनि सडक मर्मत सम्भारको नाउँमा लाख मात्र होईन करोडौ रकम निकासा हुन्छ तर ति बजेट सकिन्छ विकास कहा गएर अल्झिन्छ थाहा हुँदैन । आम स्थानिय जनताले पुराना अध्यक्ष बाट सास्ती खेप्दै आएपनि नया गाउँपालिका अध्यक्ष आएपछि बिकासमा नयाँपनको आशा गरेकै हुन तर विडम्बना आफनै तालमा नाचिरहेका छन् । विद्यालय आवात जावतमा स्कुले बाल-बालिकाहरुले सडकमा जुता खोलेरै हिँड्नुपर्ने बाध्यता कायमै छ । समयमा विकाशको चासो नराख्ने अनि अशार साउनको बेलामा बजेट पचाउनको लागी गरिने भदौरे विकाशले गर्दा आम स्थानियले बर्सेनि सास्ती भोग्नु पर्ने भएकोले यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्न जरुरी देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस

अल्ट्रा अभियानका सञ् ...

रंजित चौरसिया,वीरगंज १० भदौ । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंजका आधिकारिक प्रोपराईटर ...

मकवानपुरमा भारतीय सु ...

ओम प्रकाश यादव लहान भदौ ८ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त ...

जसपा नेपालको भूमि वि ...

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१