शहिदनगरको कार्यालयभित्रै पिटापिट, न्यायिक समिति सदस्यमाथि धक्कामुक्की

  • भदौ १४, २०७९
  • ७८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको उपमेयरको अगाडी कार्यालयभित्रै पिटापिट भएको घटना बाहिरिएको छ । सोमबार शहिदनगर नगरपालिकाकी उपमेयर सुनिता सिँहकै अगाडी बसेको न्यायिक समितिको बैठकको क्रममा दुई पक्षबीच कुटाकुट भएको हो । शहिदनगर नगरपालिका वडा नम्बर ७ धबौली बस्ने स्थानीय राम प्रगास मण्डल र सोही स्थान बस्ने अच्छुत्तम उपाध्यायबीचको जग्गा विवादको छलफलको विषमा बसेको बैठकको क्रममा कुटाकुट भएको हो । विगत ८ बर्षदेखि स्थानीय अच्छुत्तम उपाध्यायको खेतमा बटैया (साँझेदारी) गरी खेती गर्दै आएका स्थानीय रामप्रगास मण्डलले आधा उब्जनी दिनुपर्नेमा नदिएपछि न्यायिक समितिमा गएको थियो । न्यायिक समितिकी सँयोजक समेत रहेकी उपमेयर सुनिता सिँहको सँयोजकत्वमा बसेको छलफलको क्रममा रामप्रगास मण्डलले बल प्रयोग गरेको बताइएको छ । सो छलफलको क्रममा उपाध्यायको तर्फबाट सहभागी भएका हबिब भन्ने व्यक्तिलाई रिसमा आएका रामप्रगास मण्डलले कुटिपिट गरेपछि विवाद भएको थियो । मण्डलले हबिबलाई कुटपिट गरी उनको भतिजोले समेत घिसार्दै उनीमाथि कुटिपिट थालेको थियो । सोही क्रममा न्यायिक समिति सदस्य प्रदीप यादव र राकेश यादवले झगडा छुटाउन खोज्दा उनीहरुमाथि पनि हातपात गरिएको बताइएको छ ।

न्यायिक समिति सदस्य राकेश यादवले राम प्रगास मण्डल र उनका भतिजोले आफू र प्रदीप यादवमाथि धक्कामुक्की गरेको आरोप लगाए । जानकारी पाएलगत्तै तत्कालै ईलाका प्रहरी कार्यालय यदुकूहाबाट नगरपालिका पुगेको प्रहरीको टोलीले रामप्रगास मण्डललाई नियन्त्रणमा लिएको थियो । यद्यपी, कुनै पक्षबाट उनको विरुद्धमा कुनै उजुरी नपरेको भन्दै उनलाई रिहा गरिएको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक हरिविष्णु ढकालले जानकारी दिए । मण्डलमाथि प्रदीप यादव, राकेश यादव वा हबिबले पनि कुनै उजुरी नदिएको कारण उनलाई छाडिएको बताइएको छ । यता, राकेशले उनीमाथि उजुरी दिने तयारी गरिएको बताए । यता, रामप्रगास मण्डल नेपाली काँग्रेस पार्टीका समर्थक रहेकोले उनलाई उन्मुक्ति दिएको बताइएको छ । उपमेयर समेत नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनीधि हुन् । उपमेयर सिँहले छलफलको क्रममा समान्य झै झगडा भएको स्वीकार गरिन् । उनले यस्ता कुरालाई नफैलाइदिन आग्रह समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिका-१३ मा ...

ओम प्रकाश यादव लहान, २५ असार । लहान नगरपालिका-१३ पक्कीटोलमा निर्माण सम्पन्न भएको अस्थायी प्रहरी चौकी ...

बोदेबर्साइनमा औँठा छ ...

 सप्तरी, २२ असार । सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भए ...

सखुवानन्काकट्टी ३ का ...

रहमुल लहान २२ अषाढ । सिरहाको सखुवानन्काकट्टी ३ महदेवा पोर्ताहा माविको शानदार एसईई नतिजा: ८६% विद्यार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१