मधेसी जनताको हक र अधिकारकाे लागि निरन्तर संघर्ष : डा. सि.के राउत

  • भदौ १३, २०७९
  • १३६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलबस्तु । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा: सि.के. राउतले मधेसीहरुको हक र अधिकारको लागि निरन्तर रुपमा काम गर्ने बताए । उनले अहिले पनि हरेक क्षेत्रमा मधेसीहरुलाई पछाडि पारेको बताउँदै आफूले निरन्तर संघर्ष गर्ने जनाए उनले भने ‘ मधेसी जनताको नाम राजनीति गर्दै आइरहेका केही नेताहरुले मधेस को हक र अधिकारी दिलाउनको लागि काम गरेको पाइँदैन । अब जनमत पार्टीले किसानको समस्यालाई समाधान गर्नको लागि काम गर्ने छौं।’ कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा आयोजित अगुवा नेता कार्यकर्ता भेटघाट तथा निर्वाचन केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । जनता समाजवादी पार्टीको अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष एवम् पूर्वसांसद नरसिंह चौधरी, जसपाका केन्द्रीय सदस्य लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वमेयर मनमोहन चौधरी , राष्ट्रिय प्रजातान्त्रिक पार्टीका महासचिव क‌ैलाश गुरुङ , राजेन्द्र गुप्ता सहित नेता–कार्यकर्ता जनमत पार्टीमा आएका केन्द्रीय सचिव भोपेन्द्र यादवले जानकारी दिए । उक्ति कार्यक्रममा जनमत पार्टी कपिलवस्तुका अध्यक्ष सीता राम पटेलको अध्यक्षता र जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा। सि।के राउतको प्रमुख अतिथिता मा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१