सड्क विस्तार तथा नाली निर्माणका लागि अबैध संरचना हटाईदै :- नगर प्रमुख शाह

  • भदौ ११, २०७९
  • १२६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, भाद्र ११ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको मुटु भनेर चिनिने कृष्णनगर बजार भित्र सड्क विस्तार तथा नाली निर्माण कार्यले तिब्रता लिएको देखिन्छl कृष्णनगर बजार भित्र लामोसमय देखि सड्क कालोपत्रे र नालि निर्माण न हुनाले बर्सेनि कृष्णनगरका जनता बर्षात लगायत आवत जावत तथा विभिन्न ठांउबाट बजार गर्न आउने हरूले समस्या भोग्दै आएका थिए l सोही कुरा लाई मध्यनजर गर्दै पहिलोपटक स्वतंत्र रूपमा कृष्णनगर नगरपालिकाको मेयरमा निर्वाचित भएका रजत प्रताप शाहले विकासका कार्यक्रम निरन्तर अगाडि बढाउदै आएका थिए l सोही क्रममा दोस्रो पटक पुन निर्वाचित भएका मेयर रजत प्रताप शाहले चुनाव अगाडि कृष्णनगर बजार लाई सड्क नाली लगायत बजार व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहने जनता समक्ष वाचा गरे अनुसार नै कृष्णनगर बजारमा तिब्र गतिले सड्क निर्माण तथा नाली निर्माण कार्यले तिब्रता लिएको स्थानीय राजन गुप्ताले बताए l

कृष्णनगरको महेन्द्र पार्क देखि भित्रि बजार सड्क कालोपत्रे तथा नाली निर्माण स्थानीय चुनाव अघि समपन्न भएको, मस्जिद देखि मूल बजारको सड्क संघिय योजना अनुसार निर्माण भइ रहेको तथा गल्लामण्डी सड्क तथा नाली निर्माण कार्य नगरपालिकाको लगानीमा निर्माणाधीन अवस्थामा रहेको जानकारी कृष्णनगर नगरपालिकाका इन्जीनियर प्रदिप चौधरीले जानकारी दिएका छन् l यता कृष्णनगर नगरपालिका नगर प्रमुख शाहले विकासका हरेक कार्य यथासम्भव गर्ने तथा आफूले चुनावमा जनता संग गरेका बाचाहरू पुरा गर्दै जाने तथा कृष्णनगर बजार भित्रका सड्क तथा नाली निर्माण कार्य चलिरहेको बताउदै अबैध संरचना हरू हटाई सड्क विस्तारिकरकण भइ रहेको तथा आफूले प्रदेश सरकार र केन्द्र सरकार संग पहल गरेर कृष्णनगर नगरपालिकाको विकासका लागि हरेक सम्भव प्रयास गरिरहेको बताउदै जनता लाई समेत विकास निर्माण का कार्यमा हातेमालो गर्न आग्रह गर्दै सुन्दर, शान्त र विकसित नगरपालिका बनाउन आ आफ्नो स्तरबाट सबैको सहयोग अपरिहार्य रहने बताए l

 

प्रतिक्रिया दिनुहोस

एनआरएनए एनसीसी कतारक ...

रामएकवाल राम दोहा , कतार :- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकत ...

कतारमा पत्रकार रामएक ...

दोहा, कतार - वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत ...

लक्ष्मीपुर पतारी गाउ ...

ओम प्रकाश यादव लहान साउन १० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले विकास र सुशासनका क्ष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१