संघर्षको मैदानमा रामजी प्रजापती

  • भदौ ११, २०७९
  • ९२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ १०। समाजका विकृति विसंगति र समाजलाई कुरुप बनाउँदै आएका खराब तत्वहरूका विरुद्धमा आफ्ना बुलन्द आवाज निकालेर कलम चलाउने उनै हस्ती हुन् रामजी प्रजापती । समाजमा सकारात्मक परिवर्तनका आयामहरु कोरिरहदा अप्ठ्यारा परिस्थितिहरुसंग सामाना गर्ने आँट हिम्मत गरेर आम जनताको भावनाको कदर गर्दै खराब तत्वको बारेमा आफ्ना कलम चलाउँदै आएका प्रजापतिलाई अनेकन अप्ठयारा संकटले घेरिरहेका छन् । निर्दोष जनताको पक्षमा कलम चलाउँदा उनका बालबच्चालाई शिक्षाबाट वञ्चित गराउँदै फटाहा पत्रकारको सङ्ज्ञा दिने प्रिनिसिपल र तस्करको विरुद्धमा कलम चलाउने आँट र हिम्मत गर्दा अनेकन किसिमका सास्ती भोग्दै अनवरत रूपमा आफ्नो कलम चलाउने नवलपरासी जीतपुरका रामजी प्रजापती समाजका अशल गहना पनि हुन । निडर भई आफ्नो कलम चलाई रहदा किन उनलाई खराब नजरले हेरिन्छ ? आखिर समाज परिवर्तनको खोक्रो नारा दिने समाजका अगुवाहरु किन सत्यदेखि डराइरहेका छन् ? अरूको बारेमा नराम्रो सुन्नुभन्दा पहिले किन वास्तविकता पत्ता लगाउँदैन आफूलाई महान भन्ने व्यक्तिहरूले ? अरूको कुरा सुनेर वास्तविकताको पहिचानमा किन चुकिरहेका छन् आजभोलि हाम्रो समाज ? अरुलाई गिराउने हिसाबले सक्रिय व्यक्तिहरूका कारण हाम्रो समाज आज अशान्तितिर गैरहेको वर्तमान परिवेशमा सकारात्मक चिन्तन तपाईं हाम्रो दायित्व भएको हुनाले कसैमाथि गलत आरोप लागाउनु भन्दा पहिले छातीमा हात राखेर सोचौं हामी के गरिरहेका छौं भनेर ?

समाजमा न्यायको अभिभारा बोकेर तस्करी गर्दै निमुखा गरीब जनतालाई कालकोठरीमा नारकीय जीवन जिउनको लागि विवस बनाउने व्यक्तिको विरुद्धमा समाचार लेख्नु अशल वा खराब के हो ? निर्णय तपाईंको हातमा । आज स्वच्छ पत्रकारितामा लागिरहेको अवस्थामा एउटा निर्दोष कलमकर्मी माथी अनेकन जालझेल सिर्जना गर्दै उनका अबोध बालबच्चालाई विद्यालयबाट निष्कासन हुँदासम्म पनि मौन वस्ने तपाईं हाम्रो कर्तव्य के ? समाजमा खराव तत्वको विरोध हुन जरुरी छ , तर यहाँ खराब तत्वलाई जोगाउनका निम्ति अनेकन राजनीतिक चलखेल हुन्छ । कानुनी दायरामा दोषी देखिंदा पनि कानुनी प्रक्रिया कुन दिशामा अघि बढिरहेको छ ? त्यतातिर चासो कसैको छैन तर एउटा सत्य मार्गमा कलम चलाई रहदा अनेकन किसिमका लान्छना लगाउने पापीहरूलाई दिक्कार छ । तत्काल समाजको आँखा छोपे पनि ईश्वरको आँखा छोप्न सकिन्न त्यसैले छातीमा हात राखेर सोचौं । संकट आउँदैमा रामजी प्रजापतिको आँट,हिम्मत अनि साहसमा कुनै कमी आउने छैन । उनको कलम अनवरत रूपमा अघि बढिरहने छ जल्ने जल्दै गरोस् । झुठ्ठा आरोप लगाउँदै गरियोस । आरोप प्रत्यारोपको खेती जारी राखियोस तर क्षितिजमा उदाएका रामजी प्रजापती चन्द्रमा झै शीतल प्रकाशले समाजलाई उज्यालो दिईरहने छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

पूर्व स्ववियु सभापति ...

लहान, कात्तिक ८ । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानका पूर्व स्ववियु सभापति रामकृष्ण यादवको पहलमा ...

भव्य र सभ्य तरिकाले ...

अजय मिश्र, कपिलवस्तु , कार्तिक ८। कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा लक्ष्मी पूजाको आवसरमा स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१