Siraha Times
ताजा समाचार

शहिदनगरको अधिकृतमा चौधरी हाजिर, उपमेयरलाई पीर, फेसबुकमा दोहरी

  • भदौ ११, २०७९
  • १२४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सावन चौधरी हाजिर भएपछि उपमेयरलाई पीर भएको छ । शुक्रबार प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका अधिकृत चौधरीलाई मेयर दिनेश प्रसाद यादवले माला लगाएपछि उपमेयर सुनिता सिँहलाई अपच भएको हो । उपमेयर सिँह आफू बर्दिवासमा एक कार्यक्रममा सरिक भएको बेला मेयर यादवले अधिकृत चौधरीलाई हाजिर गराएपछि उनले फेसबुकमा आक्रोस पोखिन । उनले लेखिन–“मेयरको हाकिम” । यसअघि धनुषाको धनौजी गाउँपालिकामा कुशल कार्यकाल सँचालन गरेका अधिकृत चौधरीलाई मेयर यादवले नै पहुँचको आधारमा ल्याएको भन्दै उपमेयर सिँहले राजनीति दाउ लगाउँदै समाजिक सँजालमै बरबराउन थालिन् । उनी फेसबुकमा बरबराउन थालेपछि मेयर यादव निकट नागेश्वर यादवले उपमेयर सिँहलाई तालिमको भत्ता खान बर्दिवास गएको कसरी मेयरको हाकिम ? भनेर प्रश्न गर्दै बिल्ला गरेका छन् । उपमेयर सिँहको टिप्पणीले उनी मेयरप्रतिको आक्रोस देखाएकी हुन् । मेयर जनता समाजवादी पार्टीबाट निर्वाचित भएका छन् भने उपमेयर नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनीधि हुन् । उपमेयर सिँह नै कडा भएपछि अहिलेसम्म शहिदनगर नगरपालिकामा नगर सभा गराउन मेयर यादव असफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१