लहानमा नकली सुन तस्कर पक्राउ

  • पुस ६, २०७५
  • ९८२ पटक पढिएको
  • फिरोज शेख
alt

फिरोज शेख लहान २०७५ पौष ६ । नक्‍कली सुनलाई सुन भन्दै ठग्न नेपाल प्रवेश गरेका तीन जना भारतीय लाई सिरहा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय सिरहा बाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सीमावर्ती नवराजपुर गाउँपालिका ४ बाट पक्राउ गरेको हो। २ किलो २ सय ३४ ग्राम तौलको इंटा आकारमा अन्य धातुबाट बनाइएको सुनजस्तै देखिने वस्तु सहित भारत मधुबनीका रामसेवक पासमान, नथुनी राम र दिपु सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सिरहाका डिएसपी माधव राज खरेलले जानकारी दिएका छन। प्रहरीले उनीहरुले प्रयोग गरेको स २प ८१८० नम्बरको नेपाली र बीआर ३२  एन ५३८९ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्ने क्रममा उक्त बस्तु सहित मोटरसाइकल र तिनै जनालाई  नियन्त्रणमा लिएको छ। डिएसपी खरेलका अनुसार पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरीसँग अभद्र व्यवहार पनि गरेका छन्। उनीहरुमाथि सार्वजानिक अपराधको मुद्दा चलाएर अनुसन्धान गरिरहेको डिएसपी खरेलले बताएका छन। 

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१