Siraha Times
ताजा समाचार

लहानमा नकली सुन तस्कर पक्राउ

  • पुस ६, २०७५
  • १०४८ पटक पढिएको
  • फिरोज शेख
alt

फिरोज शेख लहान २०७५ पौष ६ । नक्‍कली सुनलाई सुन भन्दै ठग्न नेपाल प्रवेश गरेका तीन जना भारतीय लाई सिरहा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय सिरहा बाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सीमावर्ती नवराजपुर गाउँपालिका ४ बाट पक्राउ गरेको हो। २ किलो २ सय ३४ ग्राम तौलको इंटा आकारमा अन्य धातुबाट बनाइएको सुनजस्तै देखिने वस्तु सहित भारत मधुबनीका रामसेवक पासमान, नथुनी राम र दिपु सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सिरहाका डिएसपी माधव राज खरेलले जानकारी दिएका छन। प्रहरीले उनीहरुले प्रयोग गरेको स २प ८१८० नम्बरको नेपाली र बीआर ३२  एन ५३८९ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्ने क्रममा उक्त बस्तु सहित मोटरसाइकल र तिनै जनालाई  नियन्त्रणमा लिएको छ। डिएसपी खरेलका अनुसार पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरीसँग अभद्र व्यवहार पनि गरेका छन्। उनीहरुमाथि सार्वजानिक अपराधको मुद्दा चलाएर अनुसन्धान गरिरहेको डिएसपी खरेलले बताएका छन। 

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१