Siraha Times
ताजा समाचार

मिर्चैया हाइवे लोकमार्गमा पर्ने स्थानीय ब्यपारी धुवाँ,धुलो, हिलो बर्शौ बर्ष देखि धुवाँ धुलो हिलोको पिडा खेप्दै मिर्चैयाका स्थानीय

  • भदौ ६, २०७९
  • ११९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रेमशिला यादव ६ भदौ - सिरहाका मिर्चैया नगरपालिका अन्तर्गत पर्ने पुर्व पश्चिम् राजमार्गमा बिगत लामो समय देखि धुवाँ धुलो हिलोबाट पीडित रहेका स्थानीय ब्यापारीहरु बाध्य भएर आर्जित हुँदै धुवाँ धुलोबाट मिर्चैया बजार मुक्त गर्न संघर्ष समिती गठन गरि चरन्बध आन्दोलन गर्ने प्रेस बिज्ञप्ती मार्फद जानकारी गराएका हुन्। मिर्चैया हाइवे लोकमार्ग सडक खण्डमा धुवाँ,धुलो, हिलो का कारणले आजित भई व्यवसायी,नागरिक समाज स्थानीय वासी लगायतका व्यक्तित्वहरुले शान्ति पुर्ण रूपमा गर्दा आन्दोलन कै क्रममा नेपाल प्रहरी र शस्सत्र प्रहरीहरुको टोलिद्धारा बलप्रयोग गरी अन्धाधुन्ध तरिकाले पसल भित्र गई व्यवसायी र स्थानीय वासिहरुलाई लखेटि लखेटि कुट पिट र र्दुव्यहार गरेको स्थानीयको आरोप रहेका छन्। उक्त घटनामा कयौंका संख्यामा प्रहरीको कुटपिटबाट घाईते घाइते भएका छन्। रामनगर मिर्चैया उद्योग वाणिज्य संघका सचिव भरत माहासेठ र जे एम होटलका कामदार अजय पासमानलाई टाउको र शरिरको विभिन्न अंगमा हड्डि भाच्नेगरी कुटपिट गरेको भएको छ। घाइतेलाई प्राथमिक उपचारको स्थानीय होस्पीटलमा उपचार गराई थप उपचारको लागी विराटनगर पठाएको प्रत्यक्ष दर्शीले बताए।

घटना प्रति यस रामनगर मिर्चैया उद्योग वाण्जिय संघको ध्यानाकर्षण भएको र उक्त घटनाको घोर भर्तसना गरेका छन्। विगत चार वर्ष देखि मिर्चैया वासि,उद्योगी व्यपारिहरुले धुलो, हिलो र धुवाँको कारण वाह्य ग्राहक तथा आम नागरिक समेत आउने अवस्था नरहेको व्यवसायिहरुलाई व्यवसायवाट समेत पलायन हुनुपर्ने साथै ऋणको व्याज तिर्ने अवस्था समेत नरहेको स्वास्थ्यमा समेत गम्भिर असर परेको सर्वविदितनैछ । यस शान्तिपुर्ण आन्दोलन भन्दा पुर्व पनि विभिन्न किसिमका दवाव शर्त सम्झौता भइ सकेको तर कार्यन्वयनमा कुनै चासो नराखि पुर्ण लापरवाहि गरिरहेकोले आज मिर्चैयावासि उद्योगि व्यवसायी नागरिक समाज लाई शान्तिपुर्ण आन्दोलन गर्न वाध्य पारेको छ । उक्त घटनाका दोषि उपर कार्यवाहिको माग गर्दै ६ सोमवारका दिन विहान ८ वजे देखि साँझ ६ वजे सम्म एक दिनका लागी सम्पुर्ण व्यवसाय वन्द गर्ने र थप चरणवद्ध आन्दोलन गर्ने सवै पक्ष द्धारा सर्वसहमतिले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१